कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, निश्चित कोटा भन्दा नौ सय बढी उत्तीर्ण

काठमाडौं । सन् २०१९को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा शुक्रवार प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गएको जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

यो वर्ष कल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्र्तीण भएको इपीएस कोरिया शाखाले जानकारी दिएको छ । यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा निर्धारण गरेको थियो । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा कृषि तर्फ २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका कोरियन परिक्षा शाखाले जानकारी दिएको छ ।

सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा जम्मा ७४ हजार ८ सय ६६ जना परिक्षार्थीहरु सहभागी भएका थिए । कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले पनि नतिजा छिटो प्रकाशन गर्ने गर्दछ ।
नतिजा हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस :

Passers-List

प्रतिक्रिया दिनुहोस्