खेतियोग्य जमीन बाँझो नराख्ने गरी भू–उपयोग नीति ल्याउने : ईश्वर पोखरेल

काठमाडौ । रक्षामन्त्री ईश्वर पोखरेलले खेतीयोग्य जमीन बाँझो नराख्न र त्यस्तो जग्गामा बस्ती बसाउन नमिल्ने गरी सरकारले भू–उपयोग नीति ल्याउने बताएका छन् ।
बूढानीलकण्ठ नगरपालिका वडा नं १ तौलुङस्थित खेतमा धान रोपाइँ महोत्सवको उद्घाटन गर्दै उहाँले खेतीयोग्य जमीनमा खेती गरेर मुलुकको कृषि उत्पादनलाई वृद्धि गर्नुपर्ने र त्यस्तो जमीनमा प्लटिङ गर्न र बस्ती बसाउन नपाइने गरी नीति ल्याउने बताएका छन् । युवासंघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल्)ले आजदेखि तीनदिने श्रमदानमा युवा कार्यक्रम आयोजना शुरु गरेको छ ।
मन्त्री पोखरेलले जनतासँग नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार सधैँ एकाकार हुने उल्लेख गर्दै युवाको उक्त अभियानले मुलुकभर कहाँ कति श्रमदान ग¥यो भन्ने विवरण सार्वजनिक गर्नुपर्ने कुरामा जोड दिए ।

यसै सिलसिलामा युवासंघ नेपालका अध्यक्ष रमेश पौडेलले हामीहरुले यो समयमा ७०० भन्दा बढि ठाऊमा धान रोपाइँमा श्रमदान गर्ने जनाए ।

प्रतिक्रिया दिनुहोस्