विश्वकपः नक आउट चरणका खेल शनिबारदेखि, को संग को भिड्दै तालिका सहित
काठमाडौं । रुसमा जारी बिश्वकप फुटबल प्रतियोगिताको बिहिबार राति समुह चरणका अन्तिम ४ खेल सम्पन्न भएसंगै प्रि क्वाटरफाइनल समीकरण पुरा भएको हो ।
विश्वकपमा उरुग्वे, रसिया, स्पेन, पोर्चुगल, फ्रान्स , डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल , स्वीजरल्याण्ड, स्वीडेन, मेक्सिको, इंग्ल्यान्ड , बेल्जियम , जापान र कोलम्बिया अन्तिम १६ मा पुग्न सफल भएका छन् । नक आउट चरणका खेलहरु शनिवार देखि शुरु हुने छन् ।
नक आउट चरणमा कसको भिडन्त को संग
पहिलो नक आउट चरणको खेल असार १६ गते शनिवार फ्रान्स र अर्जेन्टिना बीच हुनेछ । यो खेल ७ः४५ बजे हुनेछ । त्यस्तै १६ गते नै राति ११ः४५ मा उरुग्वे र पोर्चुगल भिड्ने छन् ।
१७ गते आइतबार ७ः४५ मा स्पेन र रसिया तथा राति ११ः४५ मा क्रोएसिया र डेनमार्क भिड्ने छन् ।
१८ गते सोमबार ७ः४५ मा ब्राजिल र मेक्सिको भिड्ने छन् भने सोहि दिन राती ११ः४५ मा बेल्जियम र जापान भिड्ने छन् ।
१९ गते मंगलबार ७ः४५ मा स्विडेन र स्विजरल्याण्ड भिड्ने छन् भने सोहि दिन राती ११ः४५ मा कोलम्बिया र इंग्ल्यान्ड भिड्ने छन् ।
प्रि क्वाटरफाइनलका खेल सकिएपछि असार २२ गते शुक्रबारदेखि क्वाटरफाइनलका खेलहरु र २६ र २७ गते सेमिफाइनलआ खेलहरु हुनेछ । फाइनल खेल असार ३१ गते हुनेछ ।















प्रतिक्रिया दिनुहोस्