पूर्व प्रधानमन्त्रीदेखि मन्त्रीहरुले कसरी मनाउँदैछन् धान दिवस ?

काठमाडौं । धान दिवसको अवसरमा आज देशैभरका विभिन्न स्थानमा हुने धान रोपाइमा पुर्व प्रधानमन्त्री, मन्त्री तथा नेताहरु सहभागि सहभागि हुँदैछन् ।

धान रोपाइको अवसरमा पुर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आज भक्तपुरले आयोजना गरेको धान रोपाइ कार्यक्रममा खरिपाटीस्थित धान रोपाइमा सहभागि हुने भएका छन् ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल पनि आज धान रोप्न भक्तपुर नै जादैछन् ।

भक्तपुरको डोलेश्वर मन्दिर छेवमै युवासंघ नेपाल र वाइसीयलले आयोजना गरेको धान रोपाइ कार्यक्रममा महासचिव पौडेल सहभागि हुने आयोजकले बताइएको छ ।

त्यस्तै सहत्तपले आयोजना गरेको उक्त कार्यक्रममा कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रीले कपिलवस्तुको तिलौराकोट दरबारको पूर्वी गेट अगाडि धान रोप्दैछन् ।

त्यसैगरि उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि शुक्रबार युवा संघ र वाईसियलको संयुक्त आयोजनामा बूढानीलकण्ठमा आयोजना गरिएको कार्यक्रममा धान रोपाइँमा सहभागी हुँदैछन् ।
त्यस्तै, संघीय तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पनि काठमाडौंको बौद्ध नजिकै धान रोप्ने कार्यक्रममा सहभागि हुने बताइएको छ ।

कृषि भुमी व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनाल कपिलवस्तुको तिलौराकोट दरबारको पूर्वी गेट अगाडि हुने धान रापाइमा सहभागि हुदैछन् ।

प्रतिक्रिया दिनुहोस्