नेपाल बैंकको एफपीओ बिक्री खुला, संस्थागत लगानीकर्ताले पनि शुक्रबारदेखि नै आवेदन दिन पाउने

काठमाडौं । नेपाल बैंकले आज (असार १५ गते) देखि १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्री खुला गरेको छ । नेपाल बैंकले अंकित मूल्य १०० रुपैयाँमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ बिक्रीमा ल्याएको हो । एफपीओमा न्यूनतम ५० कित्तादेखि १० अंकले भाग जाने संख्यामा कानूनी सिमा भित्र रहेर अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था छ ।

यो एफपीओमा संस्थागत लगानीकर्ताले पनि शुक्रबारदेखि नै आवेदन दिन पाउनेछन् । एफपीओ भर्ने अन्तिम म्याद छिटोमा असार १९ गते तोकिएको छ । यस अवधिमा सबै सेयर नबिकेमा भने साउन १३ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् ।

एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्