सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं । सोलुखुम्बको दुधकुण्डमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिएको जानकारी अनुसार दुर्घटनामा ७ जनाको ज्यान गएको छ । जानकारी अनुसार शिवकुमारी यादवको मात्र पहिचान भएको छ । अन्य मृतकको पहिचान खुलेको छैन ।

एक जना ९ वर्षको बच्चालाई उद्धार गरेर उपचारको लागि सदरमुकाम ल्याइँदै छ । प्रहरी घटनास्थलमा नपुगिसकेकाले स्थानीयबासीले उद्धार जारी राखेको छ ।घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा पर्दछ । बस घटनास्थलबाट ५ सय मिटर भन्दा तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्