विरोध प्रदर्शनका लागि ७ ठाउँबाहेक अन्त गरे कारवाही गर्ने : मन्त्री थापा

काठमाडौं । काठमाडौँ उपत्यका भित्र सरकारले विरोध प्रदर्शनका लागि तोकेको ७ ठाउँबाहेक अन्त विरोध प्रर्दशन गरेमा कानूनी कारवाही गर्ने सरकारले चेतावनी दिएको छ ।

गृह मन्त्रालयमा विहिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा बादलले तोकिएको ७ ठाउँमा मात्र प्रदर्शन गर्न दिइने बताएका छन् । उनले सात ठाउँमा साउन १ गतेदेखि यो नियम कडा रूपमा लागू हने बताएका हुन् । पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले तोकेको ठाउँभन्दा अन्य स्थानमा विरोध भए वा गरेको पाइएमा कडा कारवाही गरिने पनि पत्रकार समेलनमा जानकारी दिए ।

राजधानीको सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखी विभिन्न स्थानमा विरोध प्रर्दशन गर्न ठाउँ तोकिएको पनि मन्त्री थापाले जानकारी दिए । खुलामञ्च, तीनकुने चौर, भुइँखेल चौर, पेप्सीकोला खेल मैदान, सानो गौचरण, लैनचौर समाज कल्याण परिषद् अगाडि र सिफल चौरमा विरोध सभा गर्न मिल्ने निर्णय गरेको छ ।

यस्तै माइतीघर मण्डलालाई निशेधित क्षेत्र घोषणा गरिएको प्रति आपत्ति जनाइरहेका डा. गोविन्द केसीलाई गृहमन्त्री थापाले उनी आफैं अधिनायकवादी भएको आरोप लगाएका छन् । उनले डा. केसीलाई लक्षित गर्दै भने मैले त्यही ठाउँमा विरोध प्रदर्शन गर्न पाउनुपर्छ, अन्यत्र गर्नुहुँदैन भन्नु त्यो अधिनायकवाद हो मन्त्री थापाको भनाई छ ।

डा.केसीले हठ गरेको दाबी गर्दै मन्त्री थापाले डा. गोविन्द केसीको मागलाई ठाडै अस्वीकार गर्दै मन्त्री थापाले माईतिघरमा विरोध प्रदर्शन गर्न दिँदा नागरिकहरुको अधिका हनन हुने जिकिर गरे । मन्त्री थापाले भने माइतीघर मण्डलाजस्तो ठाउँमा विरोध प्रदर्शन गर्न दिने हो भने त त्यहाँ पुरै यातायात जाम हुन्छ । यातायात जाम भयो भने अन्य नागरिकहरुको अधिकार अतिक्रमण हुन सक्छ । त्यसैले यो कुरा नागरिकहरुको अधिकारसँग जोडिएको बताए ।

प्रतिक्रिया दिनुहोस्