नाडेपको आईपिओमा १९.७२ प्रतिशतले मात्र शेयर पाउने बाँकी हात खाली
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लि.ले असार १० गतेदेखि बिक्री खुल्ला गरेको साधारण सेयरमा २ लाख १९ हजार ११० आवेदकले सेयर माग गरेका छन् । यस लघुवित्तको आर्इपिओमा ४३ हजार २०० आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले पाउनेछन् । यस हिसावले बाँकी एक लाख ७५ हजार ९१० जना आवेदकले शेयर नपाउने निश्चित देखिन्छ ।
शेयर बिक्री बन्द हुने मिति असार १३ गते सम्मको तथ्याङ्क अनुसार कूल आवेदक संख्याको १९.७२ प्रतिशतले मात्र पाउने देखिएको, लघुवित्तको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गले जनाएको हो ।
बिक्री प्रबन्धकले जनाए अनुसार नाडेपको आईपिओमा अन्तिम दिन बुधबारसम्ममा एक अर्ब तीन करोड २० लाख ७६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । २ लाख १९ हजार ११० आवेदकले एक करोड ३ लाख २० हजार ७६० कित्ता माग गरेका छन् ।
नाडेप लघुवित्तले यहि असार १० गतेदेखि कूल ४ करोड ८० लाख रुपैयाँ बराबरको चार लाख ८० हजार कित्ता आइपिओ निष्काशन गरेको हो । जसमध्ये सर्वसाधारणका लागि ४ लाख ३२ हजार कित्ता बिक्री खुला गरिएको थियो र बाँकी २४ हजार कित्ता लघुवित्तका कर्मचारी र २४ सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।















प्रतिक्रिया दिनुहोस्