चार पटकको विश्वविजेता जर्मनी ८० वर्षपछि विश्वकपको समूह चरणबाट बाहिरियो

(एजेन्सी) । रसियामा जारी विश्वकप २०१८ मा समूह चरणका ४४ खेलहरु सकिएका छन् । समूह चरणको दोस्रो खेलहरु सकिदा १४ टोलीले अन्तिम १६ मा स्थानमा बनाएका छन् भने १५ टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

रसिया, उरुग्वे, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जे्न्टिना, ब्राजिल, स्वीट्जरल्यान्ड, स्वीडेन, मेक्सिको, इंग्ल्यान्ड र बेल्जियमले अन्तिम १६ मा आफ्नो स्थान बनाइसकेका छन । इजिप्ट, साउदी अरेबिया, मोरक्को, इरान, पेरु, अष्ट्रेलिया, नाइजेरिया, आइसल्यान्ड, सर्विया, कोस्टारिका, दक्षिण कोरिया, जर्मनी, ट्युनिसिया, पानामा र पोल्यान्ड समूह चरणबाटै बाहिरिएका छन् ।

जित्नैपर्ने खेलमा दक्षिण कोरियासँग पराजित भएपछि साविक विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।


चार पटकको विश्वविजेता जर्मनी ८० वर्षपछि पहिलो पटक विश्वकपको समूह चरणबाट बाहिरिएको हो। यसअघि जर्मनी सन् १९३८ को विश्वकपमा समूह चरणबाट बाहिरिएको थियो। आधुनिक विश्वकपमा भने जर्मनी पहिलो पटक समूह चरणबाट बाहिरिएको हो।

प्रतिक्रिया दिनुहोस्