घलेम्दी हाइड्रोको असार २२ देखि आइपीओ खुल्दै
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले असार २२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले ५ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री गर्ने भएको छ । यो आइपीओमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाले मात्र आवेदन दिन पाउँछन् । न्यूनतम ५० कित्तादेखि अधिकतम २७ सय ५० कित्ताका लागि आवेदन दिन सकिन्छ ।

घलेम्दीले साउन ४ गते यो आइपीओको बिक्री बन्द गर्नेछ । यस अवधिसम्म आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन २० गतेसम्म भर्न सकिने व्यवस्था छ । लगानीकर्ताले ग्लोबल आइएमई, प्रभु र माछापुच्छ्रे बैंकको बेनी शाखा र गरिमा विकास बैंकको पोखरेबगर शाखाबाट आइपीओ भर्न सक्नेछन् । यसको बिक्री प्रबन्धकको काम भिबोर क्यापिटलले गरेको छ ।
घलेम्दीले पहिलो चरणमा जारी पुँजी ५५ करोड रुपैयाँको १०५ सेयर आयोजना प्रभावितलाई बिक्री गर्न लागेको हो । यसपछि फेरि २०५ सेयर सर्वसाधारण र कम्पनीका कर्मचारीलाई बिक्री गर्नेछ । कम्पनीले म्याग्दीको घलेम्दी खोलामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको कुल लागत ९४ करोड रुपैयाँ अनुमान गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्