काँग्रेस नेता भट्टराईको स्वास्थ्यमा क्रमिक सुधार, उच्च निगरानीकासाथ उपचार

काठमाडौं । नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईकोे स्वास्थ्य अवस्थामा क्रमिक सुधार आईरहेको छ । स्वाथ्यमा सुधार आएपछि उनलाई बुधबार साँझ आइसियूबाट वार्डमा सारिएको हो ।

नेता भट्टराइलाई स्वास्थ्यमा समस्या देखिएपछि करिव १३ दिन अघि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा भर्ना हुनु भएका नेता भट्टराईको उच्च निगरानीका साथ उपचार भइरहेको छ । स्नायु रोग विशेषज्ञ डा.राजीव झा, पंकज जलन सहित तिन जनाको टोलीले उनको उच्च निगरानिकासाथ उपचार गरिरहेको उनका छोरा सशांकले बताए ।

नेता भट्टराइ केहि दिन यता स्वास्थ्यमा क्रमिकरुपमा सुधार आएपछि अहिले भेट्न आएका आफन्त तथा कार्यकर्तालाई राम्रोसंग चिन्ने गरिरहेको उनका छोरा सशांकले जानकारी दिए । नेता भट्टराईको स्वास्थ्य अवस्था पूर्णरुपमा ठिक हुन ठ्याक्कै यति दिन भित्र सञ्चो हुन्छ भनेर डाक्टरले नभनेको तर स्वास्थ्यमा सुधार हुन अझै केहि दिन लाग्ने उनका छोरा सशांकको भनाई छ ।

पहिला शुरुको अवस्थामा चिन्ताजनक अवस्था देखिएको भए पनि अहिले अप्रेशन गर्न नपर्ने भएकाले पनि बाहिर आएको जस्तो त्यस्तो चिन्ताजनक अवस्था नरहेको उनका छोरा सशांकले जानकारी दिए ।

क्रमिकरुपमा सुधार भएसंगै बुधावार साझ आईसियू कक्षबाट वार्डको बेड नम्वर २१३ मा सारिएको उपचारमा संलग्न डाक्टर पंकज जलनले जागरण न्युजलाई जानकारी दिए ।

नेता भट्टराई विरामि भएको सुने पछि कांग्रेस सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, रामचन्द्र पौडेल, तारानाथ रानाभाट लगाएत कांग्रेसका थुप्रै नेता कार्यकर्ता तथा अफन्तहरु उनलाई भेटन नर्भिक अस्पतालमा पुगेका थिए ।
वौदिक नेताका रुपमा परिचित नेता भट्टराईको उपचारको लागि नेपाली काँग्रे्स तथा कार्यकर्ताले पनि उच्च चासो दिएको छ । उनलाई भेट्न नर्भिक अस्पताल पुगेका नेता, कार्यकर्ता एवं शुभ चिन्तकहरुको भिड लाग्दै उपस्थित पुस्तिकामा सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्