सामाजिक सञ्जालको प्रयोग गर्दा ध्यान दिन प्रहरी अपराध महाशाखाको आग्रह

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखा टेकुले विद्युतीय कारोबार ऐनका विषयमा सचेत रहन आग्रह गरेको छ ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरि अपचित व्यक्तिले पठाएका रिक्वेष्ट एसेप्ट गर्ने, फेसबुक, ट्वीटर, इमो, भाइबर र इन्टाग्राम लगायतका सामाजिक सञ्जालमा विकृति बढेको भन्दै प्रहरीले सचेत गराएको हो ।

विभिन्न व्यक्तिका सामाजिक सञ्जालमा रहेका फोटो तानेर बिगारी, अश्लिल बनाई पोष्ट गर्ने, ईज्जत प्रतिष्ठामा आँच र्पुयाउने, अश्लिल भिडियोहरु बनाई पठाउने, श्यर गर्ने, व्यक्ति एंव संघ संस्था उपर जनमानसमा भ्रम सृजना गर्ने कुराहरु लेखी अपमान एंव गालिगलौज गरी कमेनट गर्ने जस्ता गतिविधि बढ्दै गएको भन्दै महाशाखाले ध्यान आकर्षण भएको जनाएको छ ।

साथै, जनमानसमा भ्रम सिर्जना गर्ने कुरा लेखेर विभिन्न व्यक्तिलाई अपमान एवं गाली गलौज गरी कमेन्ट गर्ने जस्ता गतिविधि नगर्न पनि महाशाखाले सचेत गराएको छ ।

त्यस्ता प्रकारको गैरकानुनी काम गर्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम दुई लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्ष कैद वा दुवै सजाय हुन सक्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्