नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हनुमानढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने, ऐतिहासिक र साँस्कृतिक महत्व बोकेका बताएका छन् ।

बुधवार हनुमानढोकास्थित गद्धी बैठक भवन पुनर्निर्माण उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका हुन् ।

२०७२ बैशाख १२ को विनाशकारी भूकम्पले ९ हजार भन्दा बढी घर भत्काएको, लाखौं मानिस घरबार विहिनभएको,सयौं साँस्कृतिक धरोहरहरु क्षतविक्षत भएको प्रधानमन्त्री ओलीले स्मरण गरे ।

प्रधानमन्त्री ओलीले हामी भूकम्पले क्षतीग्रस्त अवस्थामा भएका बेला अमेरिकाले गरेको सहयोग उल्लेखनीय रहेको भन्दै प्रसंशा गरेका थिए ।

प्रधानमन्त्री ओलीले भवनको पुनर्निर्माण (रेक्ट्रो फिटिङ)का लागि सहयोग गरेकोमा अमेरिकी राजदुतवासमाफर्त अमेरिकी सरकारलाई आभार प्रकट गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्