नाडेप लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ । आइपीओ निष्कासन भएको ३ दिन भित्रै माग भन्दा १६ गुणा बढी आवेदन परिसकेको छ ।
लघुवित्तले असार १० गते देखि १०० रुपैयाँ अंकित दरको ४ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
यसमा न्यूनतम २० कित्तादेखि अधिकतम २ हजार ४०० कित्तासम्म आवेदन दिन सकिनेछ । हाल लघुवित्तको चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि चुक्त पुँजी १६ करोड रुपैयाँ पुग्नेछ ।















प्रतिक्रिया दिनुहोस्