आजदेखि देशभर मौसम सक्रिय हुने

काठमाडौं । समयमै पानी नपर्दा रोपाई गर्न कठिन भईरहेको किसानलाई केहि राहत हुने भएको छ । आजबाट देशभर मनसुन सक्रिय हुने भएकले किसानलाई राहत हुने भएको हो ।

यहि ८ जुनदेखि नेपालको पूर्व भागबाट फैलिएको मनसुनी वायु दुई साता बितिसक्दा पूर्वी र मध्य क्षेत्रमा मात्रै सक्रिय भएको र पश्चिम तराईमा भने वर्षा हुन नसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले अघिल्लो वर्षभन्दा चार दिन अघि नै नेपालमा मनसुन प्रवेश गरेको बताए पनि मुलुकभर फैलिन समय लागेको जनाएको छ । एक सातामै मुलुकभर फैलिने गरेकोमा पश्चिमी वायुको प्रभावका कारण नेपालमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाका मौसमविद्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्