दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश रङ्गशालामा चहलपहल
काठमाडौं, ६ कार्तिक । मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश रङ्गशालामा चहलपहल बढ्न थालेको छ।
कर्णाली प्रदेशबाट छनोट भएका खेलाडीहरू अहिले रङ्गशालामा बन्द प्रशिक्षण गरिरहेका छन्। प्रतियोगिताको तयारीसँगै रङ्गशालामा खेलकुदको रौनकसमेत बढ्न थालेको छ।
प्रतियोगितामा समावेश ३२ खेलमध्ये एथ्लेटिक्स, महिला तथा पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपाकताक्रो, हक्की, भलिबल र कबड्डीलगायतका खेल सुर्खेतमा सञ्चालन हुनेछन्।
त्यस्तै, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारोत्तोलन, साइक्लिङ र ई–स्पोर्ट्सलगायतका प्रतियोगिता पनि सुर्खेतका विभिन्न स्थानमा सञ्चालन हुनेछन्।
प्रतियोगिताका लागि खेलाडी तथा प्रशिक्षकहरू तयारीमा जुटेका छन्। मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका केही खेलहरू भने मंसिर ८ गतेबाट सुरु हुँदै छन् ।
प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न आयोजकले मूल समारोह समितिसहित १४ वटा विभिन्न समिति गठन गरेको छ।























प्रतिक्रिया दिनुहोस्