माछापुच्छ्रे बैंकको लेकसाइड शाखा हल्लनचोकमा स्थानान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले मंगलबारदेखि संचालनमा आउने गरी आफ्नो वाराहीचोक स्थित लेकसाइड शाखालाई हल्लनचोकमा स्थानान्तरण गरेको छ ।

उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन के. सी.ले गरेका छन् । साथै उद्घाटन कार्यक्रममा बैंकका पूूर्व अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद सूूर्य बहादुुर के. सी. र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले शाखाको सफलताको लागि शुुभकामना व्यक्त गरे ।

नयाँ सुविधा सम्पन्न भवनबाट बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैंकिङ्ग सुबिधा उपलब्ध गराएको जनाएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत हल्लनचोकमा स्थानान्तरण गरेको छ ।

यस बैंकले २०७४ साल चैत्र मसान्तसम्म रु. ६८ अर्व निक्षेप परिचालन गरी रु. ६२ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१ करोड खुद मुनाफा गरेको छ ।

उक्त शाखाहरु समेत बैकले पुर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानबाट ग्राहकहरु लाई सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९० वटा एटीएमहरु संचालनमा रहेको छ ।
यस बैंकले दैनिक बैंकिङ्ग कारोवार संचालन गर्न प्रयोग गरेको  बैंकिङ्ग सफ्टवेयर ग्लोबस बिश्वमानै उत्कृष्ट मानिन्छ र यसको माध्यमबाट ग्राहकहरुले अत्याधुनिक सेवा प्राप्त गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्