झापाको बाह्रदशी ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
काठमाडौं, ३ मंसिर। झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने राजगढ भित्री सडक खण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
राजगढबाट चारपाने तर्फ जादै गरेको प्र१–०१–०१२प ४६३८ नम्बरकको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन गाडी (ट्याक्टर) एकआपसमा ठोक्किएर दुर्घटना भई दुई जनाको मृत्यु भएको हो ।
गए राति २२ः४० बजेको समयमामा भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार पहिचान खुल्न नसकेका दुवै जनाको मृत्यु भएको झापाका डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
डीएसपी थापाका अनुसार ठक्कर दिने ट्याकटर चालक भने फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको छ ।
मृतक दुवै जनाको शव प्रादेशिक अस्पतालल भद्रपुर पठाइएको छ । दुवै सवारी साधन नियन्त्रणमा लिई इप्रका अनारमनीमा ल्याई राखिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।























प्रतिक्रिया दिनुहोस्