उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपश्चात आजबाट छठपर्व सम्पन्न
काठमाडौं, ३० कार्तिक। उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपश्चात आजबाट छठपर्व सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो ।
आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिई छठी माताको पूजा आराधाना गरि सकिएको छ ।
व्रतालुहरूले आइतबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरूले आज सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ समापन भएको छ । काठमाडौंको कमलपोखरी, गौरिघाट लगायतका ठाउँमा र तराई मधेशका नदि तलाउका सबै ठाउँरू छठ पर्व मनाउनेको घुईचो लागेको थियो । छठ पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
























प्रतिक्रिया दिनुहोस्