पश्चिमी वायुको आंशिक प्रभाव, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं, २८ कार्तिक। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ।
नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ।
मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागको एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।
महाशाखाका अनुसार शनिबार राति देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागको एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।























प्रतिक्रिया दिनुहोस्