नाडेपको आइपिओमा दुई दिनमा साढे पाँच गुणा बढी आवेदन पर्यो
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि निष्काशन गरेको साधारण सेयरमा सोमबारसम्म साढे पाँच गुणा बढी आवेदन परिसकेको छ ।
लघुवित्तको सोमबार बेलुकासम्म ५४ हजार आवेदकले २४ लाख कित्ता सेयरका लागि आवेदन गरेका छन् ।
कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणका लागि चार करोड ३२ लाख रुपैयाँको आईपिओ निष्काशन भएको हो । जसमा २४ करोड रुपैयाँ बढीको आवेदन परेको छ । यो ५.५६ गुणा बढी हो ।
लघुवित्तले असार १० गतेदेखि चुक्ता पूँजीको ३० प्रतिशत अर्थात चार करोड ८० लाख रुपैयाँ बराबरको चार लाख ८० हजार कित्ता आईपिओ निष्काशन गरेको हो । आइपिओमा न्युनतम २० कित्ता र अधिकतम २ हजार ४ सय कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था छ । कम्पनीको आईपिओ बुधबार बन्द हुनेछ ।
लगानीकर्ताले कम्पनीको रजिष्टर्ड कार्यालय गजुरी, बिक्री प्रबन्धको कार्यालय तथा आस्वा सेवा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सक्नेछन् । सिडिएसीको मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट घरमै बसेर पनि आवेदन गर्न सक्नेछन् ।















प्रतिक्रिया दिनुहोस्