माथिल्लो तामाकोशीको आईपिओ असार २४ देखि, कहाँ कहाँबाट गर्न सकिन्छ आवेदन ?
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाबासीका लागि असार २४ गतेदेखि एक करोड ५ लाख ९० हजार कित्ता साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानियका लागि १० प्रतिशतले हुने एक सय रुपैयाँ अंकित दरको एक करोड ५ लाख ९० हजार कित्ता जारी गर्न लागेको हो ।

स्थानियको आईपिओ बाँडफाँड भएपश्चात कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्ने कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।
आईपिओमा न्यूनतम ३० कित्तादेखि अधिकत्तम ३०० कित्ता सम्मका लागि आवेदन गर्न सक्नेछन् । आईपिओमा आवेदन गर्ने अन्तिम म्याद साउन ९ गते रहेको छ ।
कम्पनीको बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गरेका छन् ।
साधारण सेयरमा अपर तामाकोशी आयोजना निर्माणस्थल, तथा चरिकोटमा रहेका कृषि विकास बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र महालक्ष्मी विकास बैंकको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसैगरी, सेञ्चुरी कर्मर्सीयल बैंकको चरिकोट, सिंगटी र जिरी शाखा, मेगा बैंकको चरिकोट, मैनापोखरी र बागखोर शाखा, एनएमबि बैंकको किर्नेटार, प्राइम कर्मर्सीयल बैंकको जिरी र मैनापोखरी शाखाबाट पनि साधारण सेयरमा आवेदन गर्ने व्यवस्था गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्