भारतीय विदेश सचिव मिश्रीद्वारा परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता
काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालमा आफ्नो भेटघाट सुरु गरेका छन्।
भारतीय विदेश सचिव विक्रम मिश्रीले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
काठमाडौं आइपुगेलगत्तै मिश्रीले परराष्ट्र मन्त्रालय पुगेर मन्त्री खनालसँग भेट गरेका हुन्। भेटका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपाल र भारतबीच रहिआएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने, आपसी हितका विषयमा सहकार्य अभिवृद्धि गर्ने र द्विपक्षीय सम्बन्धका विविध आयामलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो।
प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका सिलसिलामा भारतीय विदेश सचिव मिश्री आज बिहान काठमाडौं आइपुगेका हुन्। उनको यो भ्रमणलाई प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणको तयारी तथा दुई देशबीचको उच्चस्तरीय कूटनीतिक संवादका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
मिश्रीको काठमाडौं भ्रमणका क्रममा हुने थप भेटवार्ता तथा छलफलले






















प्रतिक्रिया दिनुहोस्