मन्त्रिपरिषद् बैठक बस्दै, दिउँसो १ बजेका लागि समय तय

काठमाडौं, १८ कात्तिक। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बुधबार दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

यसअघि मंगलबार पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो। उक्त बैठकले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका विषय समेटिएका केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

मंगलबारको बैठकको निरन्तरताका रूपमा आज पनि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

 

प्रतिक्रिया दिनुहोस्