कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दै
काठमाडौं, १५ कार्तिक। १५ औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्ने भएको छ ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्नेछ ।
पार्टीका कार्यवाहक मुख्यसचिव दुलालद्वारा जारी सूचनामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ ।






















प्रतिक्रिया दिनुहोस्