पत्रकारहरूबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेका छौंः महानिरीक्षक दानबहादुर कार्की
काठमाडौं, १४ कार्तिक । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनले पत्रकारहरूबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका छन् ।
विभिन्न सञ्चारगृहबाट पत्रकारहरू पक्राउ परेको २४ घण्टा नबित्दै उनले प्रहरीले पत्रकारहरूबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका हुन् ।
‘नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछ,’ महानिरीक्षक कार्कीले फेसबुकमा लेखेका छन्, ‘साथै, सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ ।’
उनले विपद्को असर कम गर्न अभूतपूर्व सहकार्यको आग्रह गर्दै संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहने पनि उल्लेख गरेका छन् ।
‘विपद्बाट जनधनको सुरक्षा गर्ने कार्यमा नेपाल प्रहरी दत्तचित्त भएर सधैँ झैँ आफ्नो मूल दायित्व पूरा गर्न क्रियाशील रहनेछ,’ महानिरीक्षक कार्कीले लेखेका छन् । यसले प्रहरी र पत्रकारले विशेष सावधानी अपनाउनेपर्ने छ ।






















प्रतिक्रिया दिनुहोस्