प्रधानमन्त्रीले चीन भ्रमणका उपलब्धि बारे संसदमा जानकारी गराउँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका क्रममा भएका उपलब्धिहरुका बारेमा आज संसदलाई जानकारी गराउने भएका छन् ।

बिहान ११ बजेपछि बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा उपलब्धिहरुका बारे संसदमा जानकारी गराउन लागेका हुन् ।

प्रधानमन्त्री एवं राष्ट्र प्रमुखले विदेश भ्रमण जानु अघि र फर्के पश्चात संसदलाई जानकारी गराउने संसदीय प्रणाली अनुसार प्रधानमन्त्री ओलीले संसदमा भ्रमणबारे जानकारी गराउन लागिएको हो ।
ओली ६ दिने चीन भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका थिए । ओलीको चीन भ्रमणको क्रममा रेलवे लाइन, ऊर्जा पूर्वाधार निर्माण लगायतका विषयमा सम्झौता भएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भने चीन भ्रमणबारे जानकारी गराई सकेका छन् । प्रधानमन्त्रीले दुवै छिमेकी मुलुक भारत र चिन भ्रमण गरि सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्