नारायणगढ—मुग्लिङ सडकखण्डमा विभिन्न स्थानमा पहिरो, आज पनि अवरुद्ध

 

काठमाडौं । नारायणगढ—मुग्लिङ सडकखण्डको चारकिलो, जलबिरे तोपेखोला लगायतका स्थानमा पहिरो खस्दा नारायणगढ—मुग्लिङ आवागमन अवरुद्ध भएको छ ।

मंगलबार बिहान ५ः३० बजेतिर विभिन्न स्थानमा पहिरो खसपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पहिरो हटाउने काम शुरु गरिएको भए पनि ठूलो पहिरो आएका कारणले बाटो खुल्न अझै केहीघण्टा लाग्ने सक्ने चितवनका प्रहरीले जनाएको छ ।
केही दिनदेखि सो क्षेत्रमा परेको पानीसँगै आएको पहिरोले सडक अवरुद्ध हुँदै आएको छ । विशेष गरी चारकिलो भन्ने स्थानमा अत्यधिक मात्रामा पहिरो झर्ने गरेको छ । सडक आयोजनाका सूचना अधिकारी इन्जिनियरले चारकिलोमा पहिरो रोक्ने कुनै उपाय नभएको बताउँछन् ।

अन्यत्र स्थानमा पहिरो रोक्न गरिएका उपायहरु प्रभावकारी भएको उनको दावी छ । पहिरोका कारण दैनिकजसो सवारी आवागमन प्रभावित भएको छ । घन्टौं जाममा बस्नुपर्ने वाध्यता आएकोले प्रहरीले सकभर वैकल्पिक मार्गहरुको प्रयोग गरी यात्रा गर्न र सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।
नारायणगढ—मुग्लिङ सडक खण्डमा पराकिलो बनाउनुका साथै धेरै उपाय लगाउँदा पनि यसले स्थायी रुपमा समस्या समाधान हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्