पाँच महानगरपालिकाको सार्वजनिक बजेट मध्य काठमाडौं सबैभन्दा बढि र भरतपुरको कम

काठमाडौं । हाम्रो देशमा काठमाडौँ, भरतपुर, पोखरा लेखनाथ, बीरगञ्ज, विराटनगर र ललितपुर गरी ६ वटा महानगरपालिका छन् ।
तीमध्ये ललितपुर महानगरपालिका बाहेक अन्य सबै महानगरपालिकाले आर्थिक वर्ष ०७५÷०७६को बजेट सार्वजनिक गरि सकेको छ ।
ललितपुर महानगरपालिकाले भने बजेटलाई लक्षित गरेर कार्यपालिकाको बैठक बस्न नसक्दा बजेट समयमा आउन नसकेको सो महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले यही असार २५ गते मात्रै बजेट सार्वजनिक गर्ने निर्णय गरेको पनि जनाएको छ ।
महानगरपालिकाले पारित बजेट मध्य काठमाडौँ महानगरपालिकाले सबैभन्दा बढि रु. १३ अर्ब दुई करोड १२ लाख ३७ हजार बजेट प्रस्ताव गरेको छ । जसमध्ये आन्तरिक आय रु चार अर्ब ९० करोड २१ लाख ५७ हजार छ ।

नेपालका पाँच वटा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटमध्ये भरतपुरको सबैभन्दा कम देखिएको छ ।

भरतपुर महानगरपालिकाले आव २०७५÷०७६ का लागि रु तीन अर्ब ३४ करोड पाँच लाख आयव्ययको प्रस्ताव गरेको छ । जसमध्ये पूँजीगतभन्दा चालू खर्च बढी छ ।

चालूतर्फ रु एक अर्ब ७० करोड ४९ लाख अर्थात् कूल बजेटको ५१ दशमलव शुन्य चार प्रतिशत तथा पूँजीगततर्फ रु एक अर्ब ६२ करोड ५६ लाख अर्थात् कुल बजेटको ४८ दशमलव ६६ प्रतिशत रहेको छ । भरतपुर महानगरको आन्तरिक आम्दानी रु ५५ करोड अनुमान गरिएको छ ।

त्यस्तै पोखरा लेखनाथ महानगरपालिकाले रु छ अर्ब ५३ करोड ६५ लाखको बजेट प्रस्ताव गरेको छ । सो महानगरपालिकाले आन्तरिक आयतर्फ रु एक अर्ब ६९ करोड ९० लाख अनुमान गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाले रु चार अर्ब ९४ करोड ३१ लाख ७७ हजारको बजेट प्रस्ताव गरेको छ । तीमध्ये चालु खर्चतर्फ २९ दशमलव एक प्रतिशत र पूँजीगत खर्चतर्फ ७० दशमलव ६ प्रतिशत रहेको छ । सो महानगरपालिकाले आन्तरिक आयतर्फ रु ५९ करोड ५३ लाख ६० हजार अनुमान गरिएको छ ।

यस्तै विराटनगर महानगरपालिकाले रु चार अर्ब ४७ करोड आठ लाख ४९ हजारको बजेट प्रस्ताव गरेको छ । जसको आन्तरिक आय रु ५४ करोड तीन लाख रहेको छ ।

 

महानगरपालिकाले सार्वजनिक गरिएको बजेटमध्ये भरतपुरको सबैभन्दा कम रहेको तथ्याँकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्