काठमाडौ महानगरपालिकाद्धारा पार्किङ शुल्क निर्धारण

काठमाडौ । काठमाडौ महानगरपालिकाद्धारा पार्किङ शुल्क निर्धारण गरेको छ । महानगरले आइतबार नगरसभामा प्रस्तुत गरेको थियो र उक्त आर्थिक विधेयकमा यो कुरा व्यवस्था गरेको छ । महानगरभित्र तीनवटा क्षेत्र निर्धारण गरेर सडकका छेउछाउमा पार्किङ क्षेत्र निर्धारण गरी शुल्क तोकेको छ ।

उक्त प्रस्तुत नगरसभामा महानगरले दुई पांग्रे, चार पांग्रे र त्यो भन्दा माथिका साधनको लागि फरक–फरक पार्किङ् शुल्क तोकेको छ । महानगरपालिकाले एक घण्टाको दरले लाग्ने शुल्क तोकेको हो । जुनसुकै सडकको २५ प्रतिशत भन्दा बढी भाग नओगट्नेगरी पार्किङ क्षेत्र निर्धारण गरी निजी क्षेत्र वा आफैले त्यस्तो व्यवस्था गर्ने महानगरको प्रस्ताव छ ।
त्यस्तै महानगरको अनुमति लिएर निजि जग्गाभित्र तथा भवन भित्रपनि पार्किङ् सुविधा संचालन गर्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्