थांक्रे गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक,बजेट ४० करोड ७३ लाख
धादिङ । थांक्रे गाउँपालिकाको आव २०७५/ ७६को नीति कार्यक्रम तथा बजेट आईतबार सार्वजनिक भएको छ ।गाउँसभाले आर्थिक, सामाजिक, पूर्वाधार विकास, वातावरण तथा विपत् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह र वित्तीय व्यवस्थापनका कार्यक्रमलाई अघि बढाउने भएको छ
आव २०७५- ७६ का लागि रु.४० करोड ७३ लाख ९० हजार ८ सय को बजेट सार्वजनिक गरिएको हो । गाउँपालिका र ११ वटा वडा कार्यालयहरुको संचालनको लागि चालु खर्च तर्फ ३ करोड ८४ लाख ७० हजार त्यस्तै पुजिंगत खर्च तर्फ रु १९ करोड ४ लाख १४ हजार र जनसहभागिता रु. १ करोड ९६ लाख ६ हजार ८ सय गरी कुल पुजिँगत खर्च रु. २१ करोड २० हजार ८ सय सर्सत तर्फ १५ करोड ८९ लाख रुपैया सहितको कुल वजेट रु.४० करोड ७३ लाख ९० हजार ८ सय हुने अनुमानित व्यय विवरण गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतीले कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।
विनियोजित वजेट मध्ये क्षेत्रगतरुपमा आर्थिक विकास तर्फ १ करोड २२ लाख ५० हजार ,सामाजिक विकास तर्फ ५ करोड २३ लाख ३० हजार पूर्वाधार विकास तर्फ १० करोड १० लाख ६९ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ७१ लाख, संस्थागत विकास सेवा प्रवाह र शुसासन तर्फ र १ करोड ७६ लाख ६५ हजार र जनसहभागिता तर्फ १ करोड ९६ लाख ६ हजार ८ सय गरी क्षेत्रगत रुपमा छुट्याईएको छ ।
त्यसैगरी गैरसरकारी संस्थाहरुवाट आगामि आ.व को चालु तर्फ र ६१ लाख र पुजिँगत तर्फ रु. ४ करोड ५० लाख ४६ हजार ४ सय ४० रुपैयाको वजेट परिचालन हुनेछ । बजेटको चालुतर्फ करिब रु १७ करोड ७३ लाख र पूँजीगततर्फ करिब रु १४ करोड ४४ लाख विनियोजन भएको वताईएको थियो । चालु आवमा गाउँपालिकामा वित्तीय समानीकरणतर्फ करिब १६ करोड ९३ लाख, सशर्त अनुदानतर्फ करिब रु १४ करोड ४३ लाख र नेपाल सरकारबाट गत आवमा प्राप्त करिब रु ५९ लाख ८७ हजार विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष रुपाखेतीले वताउनु भएको थियो ।















प्रतिक्रिया दिनुहोस्