गोरखामा आज ऐतिहासिक लिगलिगे दौड, आज सार्वजनिक बिदा
काठमाडौं, २९ असोज । गोरखाको पालुङटार नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । ऐतिहासिक लिगलिगे दौड हुने भएकाले आज एक दिन सार्वजनिक बिदा दिइएको हो ।
असोज २० को कार्यपालिका बैठकले दौड हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । असोज २९ गते नगरपालिका क्षेत्रभित्रका सबै वडा कार्यालय, शैक्षिक संस्था लगायतमा बिदा हुने नगरपालिकाले जनाएको छ ।
लिगलिगे दौड ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानसँग पनि जोडिएको छ । नगरपालिकाले सबै संघसंस्था, खेलाडी तथा सरोकारवालालाई दौडमा सक्रिय रुपमा सहभागी हुन पनि आह्वान गरेको छ ।
के हो लिगलिगे दौड ?
गोरखाको लिगलिगकोटमा प्रचलित लिगलिगे दौड राजा छनोट गर्ने ऐतिहासिक परम्परासँग जोडिएको छ । ऐतिहासिक जनश्रुतिअनुसार, दौडमा सबैभन्दा पहिले निर्धारित गन्तव्यमा पुग्ने व्यक्ति राजा बन्ने व्यवस्था थियो ।
यही परम्परासँग जोडिएर द्रव्य शाहले वि।सं। १६१६ ९सन् १५५९० मा लिगलिगकोटमा आफ्नो सत्ता स्थापित गरेको इतिहास उल्लेख गरिन्छ । पछि उनले गोरखा राज्यको स्थापना गरे ।
लिगलिगे दौड अहिले ऐतिहासिक परम्पराको संरक्षण, स्थानीय पहिचानको प्रवर्द्धन र खेल पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरिँदै आएको छ ।







प्रतिक्रिया दिनुहोस्