पूर्वसांसद तथा जनता टेलिभिजनका अध्यक्ष डा. विजय पौडेलको निधन

काठमाडौं, २६ असोज । पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ ।

उनको केहीबेर अघि कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा।किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइपुर्‍याउँदै निधन भइसकेको थियो । ‘आकस्मिक कक्षमा जाँच गर्दा उहाँको निधन भइसकेको थियो,’ नकर्मीले अनलाइनखबरसँग भने ।

उनी एमालेको राजनीतिमा लामो समय सक्रिय थिए । एमालेबाट माधव नेपालको समूह छुट्टिएपछि उनी एकीकृत समाजवादीमा थिए ‍ । एकीकृत समाजवादी र तत्कालीन माओवादी एकता प्रक्रियामा जाने भएपछि उनी त्यसमा असहमति राख्दै नेकपा संयुक्तमा सक्रिय भएका थिए । उनले जनता टिभी पनि सञ्चालन गर्दै आएका थिए ।

 

उनी पुराना वामपन्थी नेता मोदनाथ प्रश्रितका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्