कांग्रेसको १५औँ महाधिवेशनः उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलले अग्रता कायमै

काठमाडौं, २५ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा। चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायम गरेका छन्।

प्राप्त पछिल्लो मतगणना विवरणअनुसार उपसभापति (खुला) तर्फ डा. भण्डारीले ६२३ मत प्राप्त गरेका छन् ।

ई. मधु आचार्यले ३४३ मत पाएका छन् । त्यस्तै, गोविन्द भट्टराईले २९१, सुरेन्द्रराज पाण्डेले २८९, दीपक गिरीले २४२, धनराज गुरुङले २११ र प्रा.डा. चन्द्रमोहन यादवले १२६ मत प्राप्त गरेका छन्।

उपसभापति ९समावेशी० तर्फ विनोदकुमार चौधरीले ३४७ मतसहित अग्रता लिएका छन्। जीवन परियारले २८७ मत प्राप्त गर्दा फरमुल्लाह मंसुरले १६४, सीता गुरुङले १५१ र रंजीत कर्णले ९८ मत पाएका छन्।

महामन्त्रीमा प्रदीप पौडेलको अग्रता: केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले सबैभन्दा बढी ६८८ मत प्राप्त गरेका छन्। अमरसिंह पुन मगरले ४४३ मत पाएका छन्। उदयशम्शेर राणाले ३८८, डा। सुनिलकुमार शर्माले ३००, गुरुराज घिमिरेले १६९, नैन सिंह महरले १२९ मत प्राप्त गरेका छन्।

त्यस्तै, शंकर तिवारीले १९ र डा। सन्तोष उपाध्यायले १७ मत पाएका छन्। प्राप्त विवरणअनुसार खुला महामन्त्री पदमा पौडेल अन्य प्रतिस्पर्धीभन्दा अगाडि देखिएका छन्।

केन्द्रीय महामन्त्री ९महिला० तर्फ डा। डिला संग्रौला ९पन्त० ले ५२३ मत प्राप्त गर्दै अग्रता लिएकी छन्। महालक्ष्मी उपाध्याय ९डिना० ले ४८४ मत प्राप्त गरेकी छन् भने रीता खनालले १३९ मत पाएकी छन्।

प्रतिक्रिया दिनुहोस्