मञ्जुश्री फाइनान्सले २० प्रतिशत लाभांश दिने

काठमाडौ. २३ असोज । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को संचित मुनाफा तथा वित्तीय विवरणको आधारमा सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्