दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला

काठमाडौ. २३ असोज । नेपालीहरुको महान चाड दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । योसँगै टिकट छिटो पाइने आशमा युवाहरु रातिदेखि नै नयाँ बसपार्कको टिकट काउन्टर अगाडि लाइन बसेका छन् ।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच यही असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । त्यसै अनुसार लामो दुरीको टिकछट आजदेखि अुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए ।

उनका अनुसार केही जिल्लाका यात्रु भने विहीबार रातिदेखि नै टिकट लिन लाइनमा बसेका छन् । यसका लागि नयाँ बसपार्क क्षेत्रमा १५ काउन्टर थप गरेको र आवश्यक सुरक्षा प्रबन्ध मिलाईएको उनले बताए । सुरक्षाको खाँचो, ठडिएको महसुस भएमा र आधिकारिक काउण्टरबाट मात्रै टिबक लिन उनले यात्रुहरुलाई अपिल गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्