डिबुटीमा गोली प्रहार गरी पक्राउ गरेको गिरोहलाई प्रहरीले सार्वजनिक गर्याे
काठमाडौं, २२ असोज । गएराति कोटेश्वर, जडिबुटीमा गोली प्रहार गरी पक्राउ गरेको आयान माझीसहितको गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ ।
उक्त समूहले विभिन्न मिति र समयमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी, हातहतियार देखाई सुनका गरगहना खोस्ने तथा लुटपाट गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीमाथि नै धारिलो हतियार प्रहार भएको थियो । त्यसपछि प्रहरीको तर्फबाट चेतावनीस्वरुप दुई राउण्ड हवाई फायर र एउटा गोली घुँडामुनि हानिएको थियो ।
प्रहरीले उक्त समूहका नाइके माझीसहित अन्य दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, बकैया गाउँपालिका( ७ घर भई भक्तपुरको ठिमी नगरपालिका– ४ बस्ने मनोजकुमार मोक्तान र राकेश थिङ छन् ।
समूहका नाइके २६ वर्षीय आयन माझी सिन्धुली जिल्लाको मरिन गाउँपालिका( ५ घर भई हाल काठमाडौंको कलंकी, ढुङ्गेअड्डा बस्छन् । उनले मानिसका बहुमूल्य सामान खोस्ने र लुट्ने कार्य गर्दै आएको प्रहरीले जनाएको छ । लुटपाटका क्रममा उनले नक्कली नम्बर प्लेटका मोटरसाइकल र हातहतियार प्रयोग गर्ने गरेका छन् ।
उक्त समूहले काठमाडौं उपत्यकामा करिब ८(९ महिनाअघि रातको समयमा २–३ वटा मोटरसाइकलमा ३–३ जनाको दरले चढेर सार्वजनिक सडक खण्डमा हिँडिरहेका व्यापारीलाई लुटपाट गरेका थिए । उनीहरुका गरगहना तथा नगद लुटपाट भएको थियो । प्रहरी अनुसन्धानपछि आयान माझीको नेतृत्वमा रहेका १० जनालाई पक्राउ गरी चोरी तथा डाँका मुद्धामा अनुसन्धान भइरहेको थियो ।
सोही समूह भाद्र २४ गतेको जेन–जी आन्दोलनका क्रममा उपत्यकाका विभिन्न स्थानमा विभिन्न वैंकका एटीएम् बुथहरू लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ ।
लुटपाट नाइके माझी २०७७ सालमा डाँकाचोरी ९लुटपाट० मुद्दामा तीन महिना कैद बसी कारागारबाट धरौटीमा छुटेका थिए । उनलाई पुनः ६ महिना कैद फैसला भएपछि २०८२ वैशाखमा पक्राउ परी फेरि तीन महिनामा कैद भुक्तान गरेका थिए ।
काठमाडौंबाहेक जिल्ला प्रहरी परिसर भक्तपुर, इलाका प्रहरी कार्यालय बनेपा काभ्रेमा पनि उनी डाँका चोरीका २७ वटा मुद्दामा प्रतिवादी छन् ।








प्रतिक्रिया दिनुहोस्