एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
काठमाडौं, २१ असोज। अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले सिफारिस गरेको छ ।
खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा गरिएको अनुसन्धान प्रतिवेदन बुधबार सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको हो । साथै अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरेको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले अनलाइनखबरलाई जानकारी दिए ।
सीआईबीले उनीहरूबाट ६६ लाख ५३ हजार रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको छ ।
सीआईबीले गत २ असोजमा एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो ।
उनीहरू पक्राउ परेपछि एन्फाका अध्यक्ष र महासचिव भने सम्पर्कविहीन छन् ।
राष्ट्रिय हित र प्रतिष्ठाविपरीत होमगेम विक्री, राखेपको निर्देशन अवज्ञा र अवैध भत्ता वितरण, महिला साफ गेममा होटल दररेटमा कमिसन र भ्रष्टाचार, बिनास्वीकृति आफुखुसी वैदेशिक भ्रमण, अनुदान रकमको दुरुपयोग र अनावश्यक नियुक्ति गरेको भन्दै एन्फाविरुद्ध उजुरी परेको थियो ।
यस्तै, विभिन्न समयमा भएका टेण्डरहरू प्रचलित कानून बमोजिम नगरको, विभिन्न प्रतियोगिताहरूमा मार्केटिङ, डिजिटल, बोर्डकाष्टिङ र टिकेटिङ राईट दिँदा भ्रष्टाचार गरेको समेतका व्यहोरा उठाइ एन्फाभित्र भइरहेको गम्भीर अनियमितता, भ्रष्टाचार र पदको दुरुपयोग सम्बन्धमा छानबिन गरी कारबाही गर्न माग गर्दै उजुरी परेपछि छानविन सुरु भएको थियो ।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अर्न्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा०बाट २४ जुन यता एन्फा निलम्बनमा छ ।








प्रतिक्रिया दिनुहोस्