विश्वकप शुरु भएको दश दिन पुरा ७१ गोल, दुई रेड कार्ड

काठमाडौँ । जुन १४ बाट सुरु भएको विश्वकपमा आयोजक रुसले साउदी अरबलाई ५–० गोल अन्तरले पराजित गर्दै शानदार सुरुवात र्गयो।

विश्वकपको ११ औैं दिन चलिरहँदा अहिलेसम्म २९ खेलबाट ७१ गोल भएका छन् । सबैभन्दा धेरै गोल भने शनिबार भएका खेलहरुमा भए । शनिबार भएको पहिलो खेलमा बेल्जियमले ट्युनिसियाको गोलपोस्टमा पाँच गोल दाग्यो।

ट्युनिसियाले दुई गोल फर्काउँदा उसलाई जित भने पर्याप्त भएन। त्यस्तै, शनिबार नै भएको अर्को खेलमा मेक्सिकोले दक्षिण कोरियालाई २–१ गोल अन्तरले हरायो। शनिबार नै भएको अन्तिम खेलमा भने जर्मनीले स्विडेनमाथि संघर्षपूर्ण जित निकाल्यो। उसले स्विडेनलाई हराउन अन्तिम समयसम्म कुर्नु र्पयो।

यही खेलमा जर्मनीका खेलाडी जेरोमी बोटेंग दोहोरो पहेलो कार्ड खाँदै मैदान छाड्न बाध्य भए। दश खेलाडीमा सीमित जर्मनीले संकटलाई टार्दै अन्तिम मिनेटमा गोल गरेर टिमलाई विश्वकपमा रहिरहने आश जीवितै राखेको छ । समूह एफको खेलमा मेक्सिको दुई खेलमा जित हासिल गर्दै छ अंकका साथ समूहको शीर्षमा रहेको छ भने जर्मनी र स्विडेन समान दुई खेलमा एक विजयी र एकमा हार व्यहोर्दै समान तीन अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

१५ जुनमा भएका तीन खेलमा आठ गोल भएका थिए। पर्चुगल र स्पेनले ३–३ को बराबरी खेल्दा उरुग्वेले इजिप्टलाई १–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, इरानले मोरक्कोलाई पनि १–० गोल अन्तरले पाखा लगाएको थियो। १६ जुनमा भने चार खेल भए। त्यस दिनको खेलमा पनि आठ गोल नै भए। जसमा फ्रान्सले अष्ट्रेलियालाई २–१ ले हराउँदा अर्जेन्टिना र आइसल्याण्ड १–१ गोलको बराबरी खेले ।

त्यस्तै, डेनमार्कले पेरुलाई १–० गोल अन्तरले पराजित र्गयो भने क्रोएसियाले नाइजेरियालाई २–० ले पाखा लगायो। १७ जुनमा भने तीन खेलमा चार गोल मात्र भए। जसमा सर्वियाले कोस्टारिकालाई १–० गोल अन्तरले पराजित गर्दा मेक्सिकोले जर्मनीलाई १–० ले नै पाखा लगायो। त्यस्तै, ब्राजिल र स्विट्जरल्याडले १–१ गोलको बराबरी खेले। १८ जुनमा तीन खेलमा सात गोल भए। जसमा बेल्जियमले पानामालाई ३–० को फराकिलो गोल अन्तरले पराजित र्गयो भने इंग्ल्याण्डले ट्युनिसियालाई २–१ ले पाखा लगायो। त्यस्तै, स्वीडेनले दक्षिण कोरियालाई १–० को अन्तरले पराजित र्गयो। १९ जुनमा तीन खेलबाट दश गोल भए। जसमा जापानले कोलम्बियालाई २–१ गोल अन्तरले पराजित र्गयो ।

त्यही खेलमा कोलम्बियाका खेलाडी कार्लोस सान्चेसले पहिलो हाफको चौथो मिनेटमा रेड कार्ड खाँदै मैदान बाहिर गएका थिए । अर्को खेलमा रसियाले इजिप्टलाई ३–१ गोल अन्तरले हरायो। त्यस्तै, सेनेगलले पोल्याण्डलाई २–१ गोल अन्तरले पाखा लगाएको थियो। २० जुनमा तीन खेलबाट तीन गोल भए। जसमा पोर्चुगल, स्पेन र उरुग्वे विजयी भए ।

यी तीन टोलीले क्रमशः मोरक्को, इरान र साउदी अरबलाई समान १–० गोल अन्तरले पराजित गरेका थिए। २१ जुनमा तीन खेलबाट ७ गोल भयो उक्त दिनको खेलमा अर्जेन्टिना क्रोएसियासँग ३–० को लज्जास्पद हार व्यर्होयो भने फ्रान्सले पेरुलाई १–० गोल अन्तरले हराउँदा अष्ट्रेलिया र डेनमार्कले १–१ गोलको बराबरी खेले।

२२ जुनमा तीन खेलबाट सात गोल भए । खेलमा ब्राजिल र नाइजेरिया विजयी २–० गोल अन्तरले विजयी भए भने क्रमस कोस्टारिका र आइसल्याण्ड पराजित भए । त्यस्तै, स्वीट्जरल्याण्ले सर्वियालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।  जारी प्रतियोगितामा सबैभन्दा धेरै खेलाडीमा बेल्जियमका रोमेलु लुकालु र पोर्चुगिज स्ट्राइकर क्रिटियोनो रोनाल्डो गरेका छन् । उनीहरुले समान चार गोल गरेका छन् । त्यस्तै, समान तीन–तीन गोल गर्ने खेलाडीमा आयोजक रुसका डेनिस चेसोभ र स्पेनिस स्टार डिएगो कोष्टा छन् ।

प्रतिक्रिया दिनुहोस्