चोलेन्द्र र उनको नातेदारको घरमा सम्पत्ति शुद्धीकरणको छापा
काठमाडौं, २१ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । विभागले पूर्वप्रधानन्यायाधीश जबरा, उनी निकटका केही व्यक्तिहरू र नातेदारको घरमा छापा मारेको हो ।
विभाग एवं प्रधानमन्त्री निकट स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको घरमा छापा मार्ने काम भइरहेको छ । स्रोतका अनुसार जबराका केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगेको छ ।
जबराका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोलीले छापा मारेको हो । जबराका निकटस्थ व्यक्तिका घरमा अहिले छापा मारेर महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको छ ।
केही दिनअघि मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोलेन्द्रलाई उनकै घरबाट मध्यराति पक्राउ गरेर १२ घण्टासम्म नियन्त्रणमा लिएर छाडेको थियो । यसले सरकारले सबैलाई त्रासमा राखेको छ ।








प्रतिक्रिया दिनुहोस्