बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगायो
काठमाडौं, २१ असोज । भारि वर्षका कारण पर्साको ठोरी गाउँपालिका- ४ बाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ।
आज बिहान चितवनको माडी क्षेत्रमा परेको भारी वर्षापछि बगहीको सहायक खोलाले एम्बुलेन्स बगाएको प्रहरी जानकारी दिइन् ।
प्रहरीका अनुसार एम्बुलेन्स बगाएको ठाउँ चितवनको माडीस्थित बगही खोलाको पुलदेखि पूर्वतर्फ रहेको अर्को सानो खोला हो ।
एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए । उनीहरू सबै सकुशल रहेको उनको भनाइ छ। मानीय क्षेत्र नभएको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्