मन्त्रालयद्वारा ४४ कर्मचारीहरूको सरुवा
काठमाडौं, २१ असोज। काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी ९उपसचिव वा सोसरह० का ४१ कर्मचारीहरूको सरुवा गरेको छ ।
शिक्षा, प्रशासन र इन्जिनियरिङ सेवाका कर्मचारीहरूको एकसाथ सरुवा भएको हो । सरुवा हुनेहरूमा लोकबहादुर लोप्चन, गेहनाथ गौतम, गोमादेवी चेम्जोङ, बासुदेव रेग्मी, विनोदकुमार पोखरेल, सीता परियार, मेघनाथ पाध्या, वेदनिधि खनाल, कल्पना घिमिरे नेपाल, चेतराज बराल छन् ।
यसैगरी डोरेन्द्र निरौला, दीपक ज्ञवाली, गंगाधर पौडेल, टेक कुमार रेग्मी, चित्रांगत बराल, दीर्घराज उपाध्याय, रामप्रसाद घिमिरे, जयराम श्रेष्ठ, रोजेन्द्रबहादुर अर्याल शिवप्रसाद लम्सालको पनि सरुवा भएको छ ।
यस्तै हरि पंगेनी, अमृत महर्जन, ज्योति केसी बराल, प्रेमकाजी महर्जन, प्रकाश देवकोटा, अशोककुमार भण्डारी, केशव पौडेल, सिर्जना शर्मा, विष्णुराज बेल्बासे, सचिन्द्रकुमार यादवको पनि सरुवा भएको छ ।
यसैगरी रोशनकुमार कठायत, सूर्यप्रसाद चापागाईँ, विष्णुप्रसाद पौडेल, जितेन्द्रकुमार यादव, घनश्याम भुसाल, हरिचन्द्र जोशी, केशवराज भट्टराई, अशोक अधिकारी, खेमराज काफ्ले, आशिष अर्याल र अनिल भुजेलको पनि सरुवा भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको असोज २० गतेको निर्णयानुसार सरुवा गरिएका कर्मचारीहरुको पूरा विवरण यस्तो छ–







प्रतिक्रिया दिनुहोस्