बीएमडब्लु खरिदमा एनआईसी एशिया बैंकका ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउने सम्झौता

काठमाडौं, २० असोज । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले बीएमडब्लु ब्रान्डका सवारीसाधन खरिद गर्दा अब सहुलियतपूर्ण ब्याजदरलगायत विभिन्न विशेष सुविधा पाउने भएका छन्।

बैंक र काठमाडौंस्थित लक्ष्मी प्रिमियम मोटर्स प्रा.लि.बीच भएको समझदारी अनुसार बैंकका ग्राहकलाई बीएमडब्लु ब्रान्डअन्तर्गतका विभिन्न मोडलका सवारीसाधन खरिदमा आकर्षक ब्याजदर तथा अन्य विशेष सेवा–सुविधा उपलब्ध गराइने भएको सम्झौता भएको हो।

यससम्बन्धी समझदारीपत्रमा एनआईसी एशिया बैंकका चिफ बिजनेस अफिसर (रिटेल बिजनेस) अमित के.सी. र लक्ष्मी प्रिमियम मोटर्स प्रा.लिका डिलर सेल्स प्रमुख प्रबोध श्रेष्ठले हस्ताक्षर गरेका छन्।

समझदारीले प्रिमियम सवारीसाधन खरिद गर्न चाहने बैंकका ग्राहकलाई वित्तीय पहुँच सहज बनाउनुका साथै खरिद प्रक्रियालाई थप सुविधाजनक बनाउने अपेक्षा गरिएको छ।

बीएमडब्लु नेपालमा प्रिमियम तथा लक्जरी सवारीसाधनको बजारमा स्थापित ब्रान्डका रूपमा रहेको छ। यस्तो ब्रान्डका सवारीसाधन खरिदमा बैंकिङ सुविधासहितको सहकार्यले ग्राहकलाई आफ्नो आवश्यकता र क्षमताअनुसार वित्तीय व्यवस्थापन गर्न थप सहज हुने अपेक्षा गरिएको छ।

एनआईसी एशिया बैंकले ग्राहकको आवश्यकता र सुविधालाई प्राथमिकतामा राख्दै विभिन्न व्यावसायिक तथा सेवा प्रदायक संस्थासँग सहकार्य गरी थप सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

बैंकले ग्राहकलाई सरल, सहज र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप यस्ता सहकार्यलाई निरन्तरता द्रिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्