हिम पर्वत हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति 

काठमाडौं, २० असोज । सिटिजन्स क्यापिटलको निष्काशन प्रबन्धकत्वमा हिम पर्वत हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशनको लागि अनुमति प्राप्त सम्बन्धमा

सिटिजन्स क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा हिम पर्वत हाइड्रोपावर लिमिटेडले रु. एकसय अंकित दरको ५९ लाख १५ हजार कित्ता शेयरले हुने ५९ करोड १५ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट असोज २० गते मा अनुमति प्राप्त गरेको हो ।

विगत केहि महिना देखिकै पहिलो साधरण शेयर निष्काशनको अनुमति बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले प्राप्त गरेको छ । यस पश्चात सिटिजन्स क्यापिटल लिमिटेड मार्फत हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरी रहेका नेपालीहरु, सामूहिक लगानी कोषहरु, संस्थाका कर्मचारीहरु तथा सर्वसाधारणमा शेयरहरु निष्काशन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्