फोक्सुण्डोमा शौर्यस्नान (नियात्रा)
– खगेन्द्र गिरि ‘कोपिला’
– नेपालगञ्ज उपमहानगरपालिका,१ बाके
‘उठौं अब फोक्सुण्डोमा पुगेर सुतौंला मस्तसंग’ रामचन्द्र आचार्यसरले बिहानबिहान झस्काइदिनु भो ।
हुन त आलश्यले छोडेको थिएन हामीलाई । चौध घण्टाको एकोहोरो हिंडाईले थाकेर लोथ परेको शरिरलाई आठ घण्टाको सुताईले खासै स्फुर्ति दिन सकेको छैन । सुत्न पाएको भए कति सुत्ने थियौं होला तर यहाँ सुत्न आएका हैनौं हामी । यात्रा र निद्रा दुई विपरित धु्रव हुन् ।
फोक्सुण्डो पुग्ने कल्पनाले मनभित्र कताकता काउकुती लागेर आयो । निद्रा भागेजस्तो भयो । रामचन्द्र सरको हाँकले जु¥याकजुरुक उठ्यौं हामी ।
बिहानीपख पानी असाध्यै चिसो लाग्यो । हात खुट्टा नै कठिङ्ग्य्राउने चिसो । पानी नतताएर मुख धुनै सकिएन । हिजो दिनभरी हिड्दा तरतरी चुहेको पसिना जिउमैं सुकेको छ तर नुहाउनु पर्ने आवश्यकताबोध गरेन शरिरले ।
तातो चिया र चाउचाउको झोल पेटमा हालेर फेरि शूरु भो हाम्रो हिडाईको अर्को अध्याय । बाकरालबाट पाइला सार्दा घडीमा छ बजेको छ । आधा घण्टा जति सुलिगाडको किनारैकिनार सोझो बाटो हिडेपछि साइजल पुगियो । हुन त साइजल भन्ने गाउँ अलि माथि पहाडमा पर्दो रहेछ । तर तीन वटा पसल भएको यो खोलाको किनारको सानो बस्ती पो अचेल असली साइजल बनेको रहेछ । नदीको किनारमा लहरै उभिएका चार वटा सुन्दर भवनका आकृतिले टाढैबाट दृष्टि तान्यो । वरिपरि अग्लो ढुङ्गे पर्खाल लगाईएको छ । नजिक गएर साइनबोर्ड हेर्दा लेखिएको थियो— तापिरिचा माध्यमिक विद्यालय ।
काठको ढोका खोलेर हामी विद्यालयको प्राङ्गणमा पुग्यौ । पाठशाला, भोजनालय र छात्रावासको रुपमा प्रयोग भएका भवनहरु भन्दा विद्यालयको कार्यालय भवन हिमाली बास्तुकला शैलीले बनेको बडो कलात्मक लाग्यो । कलकल कञ्चन पानी बगिरहेको सफा नदी, वरिपरि घना हरियो जङ्गल, बीचैमा विद्यालयका कलात्मक भवनहरु । यति सुन्दर विद्यालयको परिसर सायदै अन्यत्र भेटिएला ।
सबै हामीलाई क्वाकर््वार्ती हेर्न थाले । बिहानीपख युनिफर्म नलगाएका विद्यार्थीहरु हातमा गिलास बोकेर चिया थाप्न लाम लाग्दैछन् । तेन्जीङ नामग्याल नाम गरेका एक जना लामा भेटिनु भो । उहाँ यो विद्यालयमा बौद्ध शिक्षा पढाउनु हुँदो रहेछ ।
लामा नामग्यालज्यूका अनुसार यो विद्यालय मुलतः बौद्ध धर्म र हिमाली संस्कृतिको संरक्षणकै उद्देश्य राखेर खुलेको रहेछ । तिब्बती भाषा र बौद्ध धर्मका विषयहरु अनिवार्य पढ्नु परे पनि सबै समुदायका विद्यार्थीहरु यहाँ पढ्न आउँदा रहेछन् । २०५० सालमा स्थापित यस विद्यालयको शुल्क सरकारी विद्यालय भन्दा केही बढी र निजी विद्यालयभन्दा केही कम रहेछ ।

सबैलाई होस्टेलमा बस्न अनिवार्य रहेछ । विद्यार्थीको लागि खाने सामाग्री भने अभिभावकले वर्षभरी पुग्ने गरी घरैबाट पठाउनु पर्दो रहेछ । यस क्षेत्रको लोकप्रिय र राम्रो परिणाम दिने विद्यालयमा गनिदो रहेछ यो । हाल चौध जना शिक्षक र दुई सय पैतिस जना विद्यार्थी रहेछन् यहाँ । विद्यालयको प्राङ्गणमा एकछिन उभिएर लामाज्यूसंग कुरा गर्दा सरस्वती माताको सच्चा मन्दिरमा पुगेजस्तो अनुभूति भैरह्यो । मदन माझीले कृषि विकास बैंकको क्यालेण्डर दिनु भो । पर्यटनसंग बैकिङ् व्यवसायलाई पनि जोड्दै छौं हामी ।
कादुरीको झोलुङ्गे पुल तरेर देव्रेपट्टि लाग्यौं । ठाडो चट्टाने भीरको काखमा पोलम नामको सानो गाउँ आयो । यो पनि ग्यालासजस्तै सुनसान र रित्तो रहेछ । यतिखेर पोलम मौनता ओढेर सुतिरहेको छ । पिठ्युमा साठी सत्तरी किलो भारी बोकेका घोडा र खच्चरका लश्करहरु जब घाँटीमा झुण्डिएको घण्ट बजाउँदै, धुलो उडाउँदै यो बाटो ओहोरदोहोर गर्छन्, पोलमको निंद्रा भंग हुन्छ । घोडा र खच्चर हिमाली जनजीवनका अभिन्न साथी हुन् । ग्यालास र पोलमजस्ता गाउँहरु मंसिरदेखि पुससम्म जीवन्त हुन्छन् । जब उच्च हिमाली भेगका मानिसहरु फाल्गुण लागेपछि आफ्ना लश्करलिएर उँभो लाग्छन् । फेरि नौ महिनासम्म यी गाउँ सुनसान बन्छन् । यहाँको सुनसान वातावरणमा अनौंठो मौनता फैलिएको छ । कुनैकुनै घरमा चुकुलमात्र लगाएको देखिन्छ । न चोरीको डर न लुटिने भय । यहाँको वातावरणमा महसुस हुने मौनता नै यहाँको शक्ति, सभ्यता र शान्ति हो जस्तो लाग्छ । प्रकाशले यो गाउँको नाम उच्चारण गर्दा कतिखेर मलाई फलम भनेजस्तो लाग्छ कतिखेर पोलम भनेजस्तो लाग्छ ।
पोलम गाउँको इलाका सकिएपछि सुस्तसुस्त उकालो लाग्यो । बिस्तारै हिजोदेखि साथी बन्दै आएको सुलीगाड खोला पनि हामीसंग छुट्टिएर पूर्वतर्र्फ लाग्न थाल्यो । सुलिगाडमा हामीले काठे र झोलुङ्गे गरेर बारह ओटा पुल त¥यौं । अब बिरानो बनेर परपर हुँदै छ सुलिगाड । खोला किनार र पारिपट्टिको थुम्केलो गाउँमा छरिएको हरियालीले आँखालाई मुग्ध पा¥यो तर पोलम गाउँ र माथिपट्टिको भिरालो भाग भने पूर्णतः सुक्खा र उजाड देखिन्छन् । हामी त्यही उजाड पाखोमा माथिमाथि उक्लिदै छौं ।
माथिपट्टिको अग्लो चट्टाने पाखोमा नाउरको एउटा झुण्ड देखियो । डिस्कोभरी र जोग्रोफिक च्यानलमा देखिने टेलिभिजनका दृश्य यहाँ आँखै अगाडि साक्षात बने । ठाडो चट्टानमा नाउरका बथान सहज रुपमा दौडधुप गरिरहेका छन् । पाखामा हरियाली, बनस्पति केही छैन तर नाउरहरु चरेजस्तो पनि गरिरहेका छन् । के खाँदा हुन् यी नाउरहरु? आश्चर्य लाग्यो । प्रकाश नाउर भए तिर दुगुरेर कुक्कुँ क्याँक्याँको आवाज निकालेर नाउरलाई जिस्क्याउन थाले । कान ठाडा पारेर प्रकाश भए तिर आँखा लगाउँछन् र दुगुर्छन् नाउरहरु । चितुवाभन्दा फुर्तिलो छन् प्रकाश ।
बाँदरलाई पनि मात गर्ने छिटोछरितो छ उनको जिउ । यिनलाई चितुवा भनौं या बाँदर भनौं? म अलमलमा परेँ । एक सय किलोभन्दा ठूलो ज्यान भएका नाउरहरुले चट्टान र ढुंगामा माथि दौडधुप गरिरहेका दृश्यहरु हाम्रालागि कुतुकमय बनेका छन् । हामी हिड्न छोडेर त्यतैतिर आँखा लगाइरहेका छौं ।

गोरो छाला भएका पर्यटकहरु पनि ओर्लिरहेका भेटिए । यो बाटो हाम्रो लागि उकालो भएको छ उनीहरुको लागि ओरालो । अलि बृद्ध उमेरका तीन जना इण्डियन पर्यटकको टोली भरिया र घोडाका साथमा ओरालो झर्दैछन् । बाटोमा कोही भेटियो भने कुराकानी गरि हाल्नु हुन्छ रामचन्द्र सर । उनीहरुसंग पनि कुरा गर्न थाल्नु भो । उनीहरु त नेपालका लागि भारतका तीन जना पूर्व राजदुतहरु देव मुखर्जी, श्याम शरण र रंजित रे पो रहेछन् । एकछिन गफ भयो । ‘चाइना के बोर्डर में क्या गुल खिलाने आए हैं’ भनेर सोधे पछि मज्जाले हाँसे श्यामशरण । मेरो मनमा कताकता यो ठाडो उकालो काटेर, ३८०० मिटरको उचाई छिचोलेर फोक्सुण्डो पुग्न सकिन्न कि भन्ने आशंका मडारिइरहेको थियो । ‘मैं अठहत्तर साल का बुड्ढा आदमी फोक्सुण्डो पहुँच के लौट आया हूँ, आप क्यों फिक्र करते हैं?’ देव मुखर्जीको वाणिले मेरो मनको डर हराएर गयो ।
“के छर्न लाग्नु भो भाइ’ मैले टासी लामासंग गफिन खोजें ।
‘आलु’ उनको सहज उत्तर ।
‘कहिले फल्छ?’ मेरो जिज्ञासा ।
‘भदौमा’ उनको छोटो उत्तर ।
‘कत्तिको मीठो हुन्छ आलु’ मेरो प्रश्न अझैं टुङ्गिएको छैन ।
‘पहिलेको जस्तो मीठो हुन्न, अचेल विकासे बिउ आइसक्यो’ । ”
प्रकाश पनि उकालो नचढेका मान्छेलाई हिंडाउन सिपालु रहेछन् । एउटा कुइनेटो काटेपछि अर्को थुम्को देखिन्छ । त्यो कुइनेटो काट्यो फेरि अर्को थुम्को देखिन्छ । हरेक पटक ‘ऊ त्यै थुम्को काटेपछि त आइहाल्यो फोक्सुण्डोे’ भनेर उनी हामीलाई हौस्याइरहन्छन् । बाकराल भन्दा यता ढुङ्गामा यति किलोमिटर, उति किलोमिटर लेखिएको देखिएन । कतै कतै उचाई भने अंकित भएको देखिन्छ ठूलाठूला ढुङ्गामा । थोरै उकालो चढे पनि निकै चढेजस्तो लाग्न थाल्यो । यो उकालोको बाटोलाई बाटो पनि के भन्नु र ख्वै? वर्षा नहुने पाखोमा चिस्यान छैन, ओश छैन, हरियालीको नामोनिशान छैन । । घोडा र खच्चर ओहोरदोहोर गरिरहने भएकोले बाटो निकै बिग्रिएको छ ।
बाटोभरी छरिएका छन् ढुङ्गा र फुसफुुस उड्ने माटो । जहाँ नेर पाइला राख्यो त्यही नेर जुत्ता पुरिन्छ माटोभित्र । ठाउँठाउँमा यो बाटो हो या गोरुले जोतेको बारी हो? छुट्टयाउन हम्मे प¥यो । कतै खुट्टा टेकेको माटो र ढुङ्गा सरेर तल पुग्छन् । निरन्तर रुपले चलिरहने हावाले बेलाबेला धुलो उडाएर कुइरिमण्डल बनाइदिन्छ वातावरणलाई । सर्वत्र माटैमाटोको साम्राज्य फैलिएको छ । ओरालो झरिरहेका घोडा र खच्चरका ताँतीलाई बाटो छोडिदिनु पर्ने । नत्र ठोक्किएर हुत्तिदै तल सुलिगाडमा पुग्ने डर । हातमा बलियो गरी समातेका लट्ठीको सहारामा उकालो चढ्नु साँच्चै चुनौति बनिरहेको छ ।
उकालोका चारओटा कुइनेटो काटेपछि दाहिनेतिर सुलिगाड झरनाको मनोरम दृश्य आँखैमा ठोक्कियो । हामीसित तल पोलम गाँउमा छुट्टिएको सुलिगाड खोलाको मुहान यही झरना रहेछ । साढे नौबजे भ्यु प्वाइन्टमा आइपुग्यौं । एउटा थुम्कोमाथि काठले बनेको प्रतिक्षालयलाई भ्यु प्वाइन्ट भन्दारहेछन् । यहाँबाट प्रष्टै देखियो सुलिगाड झरनाको सर्वाङ्ग रुप ।

सेतो पानीको निर्झर छाँगो पहाडको गर्भबाट फुत्त बाहिर निस्किएर छङ्छङ गर्दै तलतिर झरिरहेको छ । यो धवल प्रपात तल गएर खोलो बन्दोरहेछ । कञ्चन पूण्य सलिला माता पार्वतीको चुल्ठोजस्तो लाग्यो । अनेक पटक शिर निहुराएँ ।
झरना वारिपारि ठाडा चट्टान छन् । वारिपट्टिको पाखो सुक्खा छ । वर्षातमा पलाएका ससाना झाडी र बुट्टयान पनि सुक्न लागेका छन् । सायद हिउँदमा हरियो हुँदा हुन् । सुलिगाड झरनाको पारिपट्टि शीलाजीत बगिरेहका कालाकाला भ्वाङ देखिए । हिजो बाटोमा छेप्का र ¥याचीको बीचका ठाडा चट्टानमा पनि यस्तै भ्वाङ देखिएका थिए । ‘अफ्ठ्यारा र विकट चट्टानमैं हुन्छन् शिलाजीतका मुहान’ प्रकाश बोले । हुन पनि हो बहुमूल्य र उपयोगि चिजको प्राप्ति अलि कष्टकर नै हुन्छ ।
अघि प्रकाश भ्यु प्वाइन्टमा पुगेपछि उकालो सकिएर बाटो पाल्नैपाल्नो हुन्छ भनिरहेका थिए तर यहाँ आएर माथिपट्टि आँखा लगाउँदा त अझैं दुईवटा थुम्काहरु चढ्नु पर्ने देखियो ।
डाँडोको माथिमाथि पहाडी चट्टानमा जताजतै ध्वजा पताका फिरफिर गरिहेका छन् । कसरी राखे होलान् त्यस्ता असजिला डाँडामा धजाहरु ? पहाडमाथि थुम्को देखिनु हुन्न त्यहाँ स्तुप आकारले ढुङ्गा चिनेर त्यसैमाथि लुङ्दर र धाच्र्योकहरु फहराएको देखिन्छ । लाग्छ यी सबै थुम्का र यी सबै ढुङ्गामा कुनै न कुनै लामाले आएर तपस्या गरेको हुनुपर्छ । जहाँ ढुङ्गाढुङ्गामा देवताको बास छ भनेर कुनै कविले लेखेको पङ्ति यहाँ आएर सार्थक भएजस्तो लाग्यो । हिमाली संस्कृतिमा यी पहाडी थुम्काहरुको मूर्त र अमूर्त दुबै उपस्थिति भेटिन्छ ।
भ्यूप्वाइन्ट भन्दा माथिका दुईटा थुम्का चढेर जब बाटो तेरपायाँतेरपायाँ लाग्यो मन खुसीले नाच्न थाल्यो । हिजो बिहानदेखिको हिंडाईको थकान कताकता हराएजस्तो भयो । कुनै पर्वातारोहीले कुनै हिमशिखरको आरोहण गरेपछिको सुखानुभूति छल्कियो शरिरका अङ्गअङ्गमा । उत्तरतिरबाट आएको सानो खहरे काटेपछि सुलिगाड झरनाको माथिल्लो भागको डिलैडिल तन्कियो बाटो । भन्ज्याङ्जस्तै रहेछ यो ठाउँ ।
बाटो वरपर सल्ला र देबदारका अग्लाअग्ला रुखका पातहरु फिर्पिmर गरेर हिमाली संगीत सुसेलिरहेका छन् । रुखका कापकापमा अनेक रंगका सुनाखरी फुल फुलिरहेका छन् । गमलामा फुल्ने शहरी सिंगापुरे फूलभन्दा यी वनफूलहरु निकै प्रेमिल लागे । कतै देबदारको फेद वा कुनै ढुङ्गामाथि बसेर सौमनस कविता लेखिरहुँ र एक्लै गुन्गुनाई रहुँ जस्तो भाव छल्कियो मनभित्र । आज २०७५ साल वैसाख दश गते सोमवारको यो पारिलो दिनमा मेरो प्रणत हृदय प्रकृतिको यो प्रातिभ सौन्दर्यका सामु शरणागत भएको छ ।
फोक्सुण्डोबाट आएको सानो खोल्सो यही बाटो मुन्तिरको सल्लेरी बनको डिलबाट तल खसेर झरना बन्दो रहेछ । यहाँ नेर खोला सल्लाको बाक्लो बनभित्र हराएको छ । केवल पानी तीव्र गतिमा बगेको आवाजमात्रै सुनिन्छ । दाहिनेपट्टि पहाडको पाखोभरी हरियो बन ढकमक्क उभिएको छ । प्रकृतिको पक्षपात भनौं वा लीला भनौं अचम्म छ, विचित्र छ । यहींनेरको ठाडो उकालो सुक्खा छ यहींनेर यस्तो हरियाली छ ।
देब्रेपट्टिको पहाडी ढलान नाङ्गो छ । नाङ्गो ढुङ्गे पाखोभरी थुप्रै मानेहरु देखिए । भन्ज्याङ् काटेर पन्ध्र मिनेट जति हिडेपछि रिङ्मो गाउँमा दाखिल भयौं ।

दक्षिणपूर्व ढल्किएको पाखोभरी छत नभएका ढुङ्गे घरहरु वरपर छरिएका छन् । एकदुई ओटा घरको बीचमा गुम्बा भेटिन्छन् । समुद्रको सतहबाट ३६३७ मिटरको उँचाईमा रहेछ यो गाउँ । रिङ्मोको मुन्तिर कलकल बगिरहेको सुलिगाड खोला, माथितिर मुसुक्क हाँसिरहेको श्वेत हिमाल, काखैमा नीलो पानीको दह । ईन्द्रको सुन्दर बगैंचा स्वर्गबाट झरेर सिधै यही रिङ्मो गाउँमा आएर अड्किएको हो कि क्या हो? यहाँको अनौंठो र आकर्षक दृश्यले मनमा रोमाञ्च भरिएर आयो ।
चिसो हावाको झोक्का गालामा काउकुती लगाएर गयो । मनभित्र अनौंठो उत्सुकता तरंगित भएर आयो । पहिलो नजरमैं टाढैबाट फोक्सुण्डोलाई श्रद्धाको अर्घ चढाएँ ।
रिङ्मो गाउँबाट फोक्सुण्डो तालको दक्षिणी भाग मात्रै देखिदोरहेछ । गाउँको अग्लो भागतिर चढ्दै जाँदा ताल फराकिलो देखिन लाग्यो । अलि अग्लो ठाउँमा रहेको हिमालय होटेलमा पुग्यौं । साहुजी निङ्मा लामाले हँसिलो अनुहार पारेर स्वागत गरे । हाम्रा झोलाझाम्टा होटलमा थन्क्याएर लाग्यौं फोक्सुण्डो तालको किनारतिर । तालको पानी छुने उत्सुकताले चिया पिउने पनि फुर्सद भएन ।
रिङ्मो गाउँ र फोक्सुण्डो ताल वरपर चहकिलो घाम झलमल्ल लागेको छ । मुसुक्क
मुस्कुराइरहेको घाम निकै टाठो र उन्मुक्त लाग्यो । आँखिभौं नखुम्च्याइकन हेर्न गाहारो हुन
लाग्यो । ‘हिमाली क्षेत्रको चम्किलो घामलाई नाङ्गा आँखाले हेर्नु हुन्न । चश्मा लगाइ रहनु
पर्छ’ हिमाल घुमेर आएका साथीहरुको मुखबाट सुनेको कुरा झल्यास्स सम्झिएँ, चश्मा
लगाएँ । घाम सारै चहकिलो भए पनि तराईको जस्तो रापिलो भने छैन । हिमाली बतास र
घामका किरणको संयोगले मौसम न्यानो बनेको छ । कान छोप्ने टोपी र हातको लट्ठि
भने अझैं छुटेका छैनन् ।
सरासर फोक्सुण्डोको किनारमा पुग्यौं हामी । केही पर्यटकहरु पाल टाँगेर बसेका छन् ताल छेउको चौरमा । केही पर्यटकहरु तालछेउका ढुङ्गामा पल्टेर शौर्यस्नान गरिरहेका छन् । मौन छ वातावरण । न कुनै कोलाहल न कुनै प्रदुषण । केही बेर निस्तब्ध भएर उभियौं तालको छेऊमा । वगरका ढङ्गामा ठोक्किएर फर्किने पानीको छालले बेलाबेला पृथक संगीत छोडेर जान्छ । स्वाइँस्वाइँ बतास चलिरहेको छ । आफैसित मौन वार्ता गरिरहे जस्तो लाग्यो वरपरका पहाडी पाखाहरुले । पानी छोएँ निकै चिसो रहेछ । मदनजी र प्रकाशले नुहाउने रहर गरे ।
उनीहरुले कपडा खोलेर छप्ल्याङ पौडेको देखेर रामचन्द्र सर पनि कपडा खोल्न लाग्नु भो । मैले पनि मन थाम्न सकिन । पानी असाध्यै चिसो भए पनि रहरको तप्तता उम्लिरहेको छ मनभित्र । एक डुबुल्की लगाएर कपडा बदल्दासम्म पनि शरिर लुगुलग काम्न थाल्यो । लुगा लगाएर ढुङ्गामाथि पल्टिदै घाम तापेपछि न्यानो हुँदै आयो जिऊ । जलस्नान भन्दा शौर्यस्नानले दियो आनन्द । एकघण्टा जति जलबिहार गरेर होटेल फर्कियौं । खाना खायौं । फेरि हतारहतार दुगु¥यौं तालतिरै ।

‘क्याराभान फिल्ममा याक लडेको ठाउँ कहाँ निर हो त्यो हेर्न जाउँ’ यहाँ आएदेखि नै रामचन्द्र सर प्रकाशलाई भनीरहनु भएको छ । तालको देब्रे किनार तन्किएको बाटो हुँदै त्यही ठाउँ हेर्न जान तय भयो । ‘क्याराभान फिल्ममा याक लडेको ठाउँ कहाँ निर हो त्यो हेर्न जाउँ’ यहाँ आएदेखि नै रामचन्द्र सर प्रकाशलाई भनीरहनु भएको छ । तालको देब्रे किनार तन्किएको बाटो हुँदै त्यही ठाउँ हेर्न जान तय भयो । बाटो छेउको पाखोमा पाखेबारी जोत्दैछन् टासी लामा । उनकी श्रीमति लाक्पा झुपाको नाकमा बाँधिएको डोरी समातेर अघिअघि तान्दैछिन् । यतातिर झुपाले खेत जोत्ने चलन छ । ‘हिमालको याक र अवलको गाईको सङ्सर्गबाट जन्मेको वर्णशङ्कर बाच्छोलाई झुपा र बाच्छीलाई झुमा भनिन्छ’ प्रकाशले याकजस्तै लागेको झुपाको बारेमा मैले नसुनेको नयाँ जानकारी दिए ।
‘के छर्न लाग्नु भो भाइ’ मैले टासी लामासंग गफिन खोजें ।
‘आलु’ उनको सहज उत्तर ।
‘कहिले फल्छ?’ मेरो जिज्ञासा ।
‘भदौमा’ उनको छोटो उत्तर ।
‘कत्तिको मीठो हुन्छ आलु’ मेरो प्रश्न अझैं टुङ्गिएको छैन ।
‘पहिलेको जस्तो मीठो हुन्न, अचेल विकासे बिउ आइसक्यो’ ।
ओहो… कृषिमा भित्रिएको हाइब्रिड कल्चरले यी हिमाली पाखाहरु पनि अछुता रहन सकेका रहेनछन् । हामी डोल्पा आएदेखि नै पोलेको वा उसिनेको आलु खाइरहेका छौं तर जिब्रोले चाहना गरेजस्तो स्वाद भेटेका छैनौं । हिमाली आलुको मौलिक स्वाद हराउने कारण यही हाइब्रिड कल्चर रहेछ । ‘तीन दिन यही बाटो हिंडेपछि चीनको सीमाना पुगिन्छ’ प्रकाश बोलिरहेका छन् । ठाडै चट्टाने भीर खोपेर बनाइएको साँगुरो बाटोमा सजगताका साथ पाइला चाल्दै सुस्तसुस्त हिडिरहेका छौं हामी । ‘यसरी हिडेर जाने हो भने हामीलाई त तीस दिन लाग्ला त्यहाँ पुग्न’ ।
तल गहिरोमा लमतन्न सुतेको ताल गाढा नीलो रङगको सौन्दर्यले भरिपूर्ण छ । ताल वरपर ससाना रंगीबरंगी चराहरु फुरैफुर्र उडिरेहका देखिए पनि तालमा न माछा देखिए न कुनै झार वनस्पति देखियो । नैसर्गिक रुपले नै सफा, स्निग्ध र शुभ्र छ फोक्सुण्डोको पानी । एक ठाउँ तालको सतहबाटै काठका खामा ठड्याएर काठैले बनेको पुल जस्तो साँगुरो बाटो आयो । ‘यही निर हो रे क्याराभानमा घोडा लडेको’ — प्रकाशले उत्साहित हुँदै सुनाए । ‘तर त्यो घोडा साँच्चैको नभएर डमी थियो प्लाष्टिकको’ रामचन्द्र सरले अर्को जानकारी दिनु भो ।
कान्जिरोआ हिमाल नजिकै नाकैमा ठोक्किउला झैं गरी उभिएको छ पश्चिमपट्टि । त्यतैबाट आउने एउटा सानो झरण तालमा मिसिने ठाउँनिर फराकिलो बगर र हरियो वननिर पुग्यौं । डेड घण्टा जति हिडिसक्यौं । तालको कुनै अर्को छेउतिर पुग्ने छाँट देखिएन । जति हेरे पनि फोक्सुण्डोको उही नीलिमा जलराशी लमतन्न सुतेको देखिन्छ आँखा अगाडि । माथितिर आँखा लगायो भने चट्टाने भिर, अलि माथि सेता हिमाल देखिन्छन् ।

दुई जना विदेशी पर्यटक र दुई जना गाइड ओरालो झर्दै हामी भएतिर आइरहेका देखिए । फोक्सुण्डोको माथिल्लो भ्युप्वाइन्ट पुगेर आएका रहेछन् । त्यही बगर निरबाट ठाडै उकालो चढेर तीन घण्टा जति हिंडेपछि त्यहाँ पुगिन्छ रे । पहाडको बीचैमा च्यापिएर तीनतिर फैलिएको फोक्सुण्डो तालको परिक्रमा गर्ने बाटो रहेनछ । घुमन्तेहरु त्यही भ्युप्वाइन्टसम्म पुगेर तालका तीनवटै भागहरु हेरेर फर्किदा रहेछन् । दुई जना विदेशी पर्यटक र दुई जना गाइड ओरालो झर्दै हामी भएतिर आइरहेका देखिए । फोक्सुण्डोको माथिल्लो भ्युप्वाइन्ट पुगेर आएका रहेछन् । त्यही बगर निरबाट ठाडै उकालो चढेर तीन घण्टा जति हिंडेपछि त्यहाँ पुगिन्छ रे । पहाडको बीचैमा च्यापिएर तीनतिर फैलिएको फोक्सुण्डो तालको परिक्रमा गर्ने बाटो रहेनछ । घुमन्तेहरु त्यही भ्युप्वाइन्टसम्म पुगेर तालका तीनवटै भागहरु हेरेर फर्किदा रहेछन् ।हामी भने ठाडै उकालोदेखि डराएर यतै रुमल्लिरहेका छौं ।
अग्लो थुम्कामा उभिएर फोक्सुण्डोका तीन वटै भाग हेर्नुको आनन्दबाट बंचित नै भयौं हामी । निकै बेर त्यो फराकिलो बगरनिर रमाएर फेरि उही बाटो रिङ्मो फर्कियौं । अब घुम्ने पालो तालको दाहिनेपट्टिको हरियो पाखो हो । वारिबाट हेर्दा पारिको पाखो तालुखुइले मान्छेको चिउँडोमा पालेको फ्रेञ्चकट दाह्रीजस्तै चटक्क देखिन्छ । वरपरका पहाडहरु चट्टानैचट्टानका भिर र माटोका थुप्राजस्ता छन् । यस्तो उराठ वातावरणमा आफ्नो हरितिमा सौन्दर्य बचाएर राखेको यो पाखो निकै मनोरम देखिन्छ । फोक्सुण्डो आसपासका बस्तीहरुलाई आक्सिजन दिने जीवनदायी पाखो हो यो ।
“ यो शीतल पवन, यो जलतरङ्ग चोरेर लैजाउँ कि?
प्रकृतिको कुमारी उमङ्ग चोरेर लैजाउँ कि?
आफ्ना रहर र उमङ्गलाई यतै बन्धकी राखेर
ए फोक्सुण्डो ! तिम्रो नीलो रंग चोरेर लैजाउँ कि? ”
फोक्सुण्डोको पानी बगेर बाहिर निस्किरहेको सुलिगाड खोला तरेर पारिपट्टि लाग्यौं । सल्लाको पातलो जङ्गलभित्रको परिवेश शान्त र मनमोहक छ । एकलास वातावरणमा घाम, हिउँ र बतासको प्रहार खेपेर उभिएका यी रुखहरु मानिसको कहिलेकाहीँ पाइने सामिप्यताले कति खुसी हुँदा हुन् ! त्यही जङ्गलभित्रको भिरालो ठाउँमा सैनिक पोष्टका भवनहरु छरिएका देखिए । व्यारेकका यी निर्जन भवनहरु आफैलाई पहरा दिइरहेका छन् । चिसो हटेसंगै यी पोष्टहरु पुनः स्थापित हुन्छन् र जाडो बढेसंगै पुनः विस्थापित हुन्छन् । करुणा र प्रेमको सुवास बहिरहने यो बुद्धभूमिमा मानिसहरु जीव हत्या गर्दैनन् । त्यही भएर निकुञ्ज रक्षाका लागि खटिएका सैनिकहरु प्रायः फुर्सद मैं हुँदा रहेछन् ।
जङ्गल र तालको बीचैबीच पन्ध्र मिनेट जति तेरपायाँतेरपायाँ हिडेपछि फोक्सुण्डो गुम्बामा पुग्यौं । यहाँ जताततै गुम्बा र मानेहरु भए पनि यस गुम्बालाई विशेष स्थल मानिदोरहेछ । अन्यन्त्रका गुम्बाको दाँजोमा यो गुम्बा त्यति ठूलो र कलात्मक नभएपनि यहाँको ऐकान्तिक पन र प्राकृतिक छँटा निकै मनोहारी छ । गुम्बाको आँगनमा बसेर फोक्सुण्डोका चञ्चले जललहरलाई नियालिरहँदा हृदयभित्र बोधिसत्व भाव जागेको पत्तै भएन ।
दिनमा तीनपटक रङ्गको परावर्तन गर्छ रे यो तालले । बिहान, मध्यान्ह र अहिले अपरान्ह सम्म हामी यहि किनार वरिपरि रुमल्लिरहेका छौं । पानीको रङग बिस्तारै बदलिरहे झैं लाग्यो । यो साँच्चै हो या आँखाको भ्रम हो? ठम्याउन भने सकिएन । गुम्बाको प्राङ्गणमा उभिएर फोक्सुण्डोको नीलिमा जलाशयका चञ्चले छाल हेर्न लागेँ । मनभित्र अनौंठो काउकुती लगाइरहेछ यहाँको चिसो हिमवायु । तालको पानीमा निर्बन्ध जलकृडा गरिरहेका छन् एक जोडी चरा । दायाँतिरको चट्टाने भीरमा उन्मुक्त यौनकृडा गरिरहेका छन् एक जोडी नाउर ।

राधाकृष्णको रासलीलाले अहिलेसम्म पौराणिक मिथकहरुमा मुस्कुराइरहेको वृन्दावनको प्रेमकथा फोक्सुण्डोमा आएर साक्षात अनुवाद भैरहेझैं लाग्यो । गुम्बाको छत र वरपर टाँगिएका लुङ्कर र धाच्र्योकहरु आफ्नै लयमा फिरफिर गर्दै नाचिरहे । यहाँको पानी, यहाँका ढुङ्गा, यहाँको माटो र यहाँको हावा रहस्यले भरिएका छन् । हरघडी केही भ्रम र केही कुतुहलतासंग जम्काभेट भैरह्यो यहाँ ।
सेता हिमाली सृङ्खलाका बीचमा चेपिएका, हराएका बस्तीहरुमा आफ्नो छुट्टै संसार छ । हिमालको भौगोलिक सौन्दर्य पनि रहस्यमय छ यहाँको मौलिक संस्कृति पनि त्यस्तै । पूर्वको अरुणाचलदेखि पश्चिमको लद्दाखसम्म तन्किएको हिमाली सृङ्खला आफैमा रहस्य, कुतुहलता र जिज्ञासाको खानी हो । सदैव हिउँले ढाकिने चुचुरा र अग्लाअग्ला चट्टाने पहाडले घेरिएका साँगुरा टार र उपत्यकामा यद्यपि पातला छन् बस्ती र जीवनयापन गर्न कष्टसंग हरदम संघर्ष गरिरहनु पर्छ तैपनि यी फाँट र उपत्यकाहरु संस्कृति र आफ्नो मौलिक जीवन शैलीको खुसीले भरिपूर्ण छन् ।
यहाँका हिमपाखाहरुमा के छैन? यी कन्दरा र भीरपहराहरुसंग कुन कुराको कमी छ र? उच्च प्राकृतिक अवस्थितीको विशिष्टता त यहाँ छँदैछ, यहाँका प्रत्येक ढुङ्गाढुङ्गामा बुद्ध सन्देसको अनुगुञ्ज भैरहेको प्रतीत हुन्छ । यहाँ हरदम वेगका साथ चलिरहने हावामा शान्तिको अलौकिक सुवास फैलिरहेको भान पर्छ । विषम वातावरणसंग प्रतिष्पर्धा गर्दै माया र प्रेमको नैसर्गिक चेतना बोकेर हिमाली जनजीवन हरदम आनन्दको संगीत गुन्गुनाईरहेको छ । यिनै दृष्टान्तहरु सँगालेर वर्षौंदेखि मुसुक्क मुस्ुकराईरहेको छ फोक्सुण्डो छेऊको रिङ्मो गाउँ पनि ।
फोक्सुण्डोको छेऊमा हिमाली प्रकृतिका यिनै रहस्य देखेर लट्ठिएका एक जना पर्यटक भेटिए ओस्कर ड्राभास । युरोपको सानो पहाडी मुलुक एण्डोराबाट नेपाल घुम्न आएका रहेछन् । बाउन्न वर्षिय ड्राभास एकैछिनको कुराकानीमैं मेरो अन्तरंग साथिजस्ता भैहाले । संसारका धेरै देश घुमेका ओस्करलाई फोक्सुण्डोजस्तो राम्रो कतै लागेन रे ।
ताल वरपरको परिभ्रम सूर्यास्तसम्म चलिरह्यो । आँखाको प्रत्यञ्चाबाट छुटेका कुतुहलताका सहस्र वाणहरु तालको नीलिमा रंगसित दिनभर ठोक्किरहे । न खुट्टा थाके न मन थाक्यो । थाक्यो केवल समयको दौड । जो हिमाद्रीको पल्लो पाखोपारि कतै हिमानीको अँगालोमा लुटुपुटिन आतुर देखिन्छ । मैले एउटा मुक्तक रचें र एक्लै गुन्गुनाउन थालें :
यो शीतल पवन, यो जलतरङ्ग चोरेर लैजाउँ कि?
प्रकृतिको कुमारी उमङ्ग चोरेर लैजाउँ कि?
आफ्ना रहर र उमङ्गलाई यतै बन्धकी राखेर
ए फोक्सुण्डो ! तिम्रो नीलो रंग चोरेर लैजाउँ कि?

समय हिमालमुनी लुक्न लाग्दा मेरा उत्सुकता भने झन्झन् नाच्न थालेका छन् । मान्छेको मनले जहिले पनि एकान्त खोजिरहेको हुन्छ । शान्तिको खोजी र प्रेमको चाहना गर्नेहरुको लागि एकान्त सर्वाधिक प्रिय हुन्छ । संचार र समाचारबाट बिमुख भएर हिडेको पनि दुई दिन भैसक्योे तर सबैबाट सम्बन्ध बिच्छेद गरेर यस्तो ऐकान्तिक वातावरणमा निश्चिन्त भएर हराउनुमा पनि छुट्टै आनन्द आउँदो रहेछ । त्यो फोक्सुण्डोमा आएर अनुभव भयो । फोक्सुण्डोमा मान्छेको चहलपहल बढ्दै गए पनि यहाँ आफ्नै खाले मौनता र शान्तिको आभास भैरहन्छ ।
घाम डुब्नै लाग्दा तालको नीलो रङ्ग झन् नीलो भएर आएजस्तो लाग्यो । हिमाली वातावरणमा ओसिलो रंग फैलिदै आयो । दिनभरी जङ्गलमा चरेर घर फर्किरहेका गाईबस्तु जस्तै हामी पनि सुस्तसुस्त रिङ्मो गाउँ फर्किन लाग्यौं ।
साँझपखको निर्दयी हावा यहाँका भूदृश्य र हाम्रोबीचमा भिलेन भएर उभियो । होटेलको
झ्यालबाट देखिने हिमाली दृश्यहरु मनलाई एकोहोरो तानिरहे । काला चट्टानहरु चन्द्र प्रकाशमा ध्यानस्थ मुद्रामा बसेका छन् । आकाशको बर्को ओढेर उभिएका हरेक पहाडहरु चन्द्र सौन्दर्यबाट मोहित भएर सोमयज्ञमा नयनको हवन गरिरहेका हुन् कि झैं प्रतीत भयो । रात्रीको अँध्यारो रङ्गले सर्वत्र छोप्दै ल्याए पनि चन्द्रमा झनै चम्किएको छ ।
चन्द्रमाको मनोहर, सौम्य, स्वच्छ, शान्त र स्थिर उपस्थितिले हिमाली वायुमण्डललाई सौरभमय बनाएको छ । परपर माथिमाथिका दृश्यहरु सिनेमाको रिलजस्तै आँखा वरिपरि नाच्न थाले । कहिल्यै नदेखिएका, कतै नदेखिएका पृथक भूआकृतिहरुको आकर्षण आँखामा ठोक्किएर मनको सतहमा सल्बलाउन थाले । यी कहिल्यै नेदखिएका नौला दृश्यहरुलाई म विष्मित हेरिरहेको छु । अलमलमा छु —कुन ठाउँमा संचयन गरेर लैजाउँ म यो मनोहारी छटालाई? आँखामा सजाएर लैजाउँ कि मनमा लुकाएर लैजाउँ? आजका दृश्यलाई भोलिको लागि भनेर सम्झनामा बदल्न आज मेरा आँखा र मन पनि असक्षम भएका छन् ।
एकोहोरो निवेदन गर्न लागें — ए फोक्सुण्डो ! अब म सधैं यसै गरी आँखा बन्द गरी रहुँ र मनको सतहमा ठोक्किन आउने यी दृश्यलाई मनकै शिलापत्र अंकित गरेर प्राणायाम गरि रहुँ । म केही नहेरुँ, केही नसुनुँ, केही नबोलुँ । म लाटो भै हालुँ । सास थामेर दिलको धडकनलाई यत्तिकै एकछिन रोकेर केही बेर चञ्चले छालका तरङ्गहरु सुनिरहुँ । एकैछिनको लागि बहिरो भै हालुँ म । यहाँ पुगेपछि हेरिएका दृश्यहरु बिथोल्न अब मेरो मनमस्तिष्कमा अरु कुनै कुरा प्रवेश नगरुन् । फोक्सण्डोसंग शौयस्नान गर्दै मनका सबै उत्कण्ठाहरु यहीं समर्पित गरी रहुँ ।
रामचन्द्र सर आफ्नै सुरमा फोक्सुण्डोसंग मौनवार्ता गरिरहनु भएको छ ।
मदन र प्रकाश पनि आफ्ना जलतृष्णा मेटाउन मग्न छन् ।
म पनि शौर्यस्नान गर्दै एकोहोरो टोलाईरहेँ ।
















प्रतिक्रिया दिनुहोस्