१२ करोडको लगानिमा घोराही १० मा फनपार्क बन्दै

दाङ । मनोरञ्जनका लागि नीजि क्षेत्रबाट करीब १२ करोडको लगानीमा पस्चिम नेपालमै पहिलो पटक घोराही उपमहानगरपालिका वडा न. १० दक्षिण अम्राईमा “मनोरञ्जन उद्यान”को निर्माण गरिने भएको छ ।

पस्चिम नेपालमै पहिलो पटक घोराही उपममहानगरपालिका अन्तर्गत तुलसीपुर घोराही सडकखण्डको मध्यभाग साविक त्रिपुर नगरपालिका वडा नं ३ दक्षिण अम्राईमा उक्त उद्यान निर्माणाधिन रहेको फनपार्कका सेयर सदस्य पोषण बिक्रम रावतले जानकारी दिए ।

“ बढ्दो जनघनत्व तथा मनोरञ्जन स्थलको अभावको परिपुरणका लागि फनपार्क खोल्न लगेका हौ” रावत ले भने । फन पार्क मनोरञ्जनका लागि मात्र नभएर शैक्षिक उद्देश्यका लागि सहायक सिद्ध हुने रावतले आशा व्यक्त गरे ।

बाल मनोरञ्जनका सम्पुर्ण साजोसामानहरु पार्कमा उपलब्ध हुनेछन् । स्थानीय परीकारहरु, स्थानीय उत्पादन, आन्तरीक पर्यटनको प्रबद्र्धन तथा घोराही क्षेत्रको पहिचानकालागि फनपार्क संचालनमा ल्याउन लागिएको रावतको कथन छ । व्यवसायीक हिसाबले दश जना सेयर सदस्यहरुको लगानीमा खोल्न लागिएको फनपार्कको काम करीब ३५ प्रतिसत काम सकिएको छ ।

फन पार्कमा एकिकृत रुपमा पार्टि प्यालेस तथा सभाहल, वाटर पर्क, गेम जोन, लजिङ्ग तथा फुडिङ्ग, होटेल तथा रेष्टोरेण्ट संचालनमा ल्याउन तयारी गरीएको सेयर सदस्य अभियान बस्नेतले जानकारी दिए । गोरक्ष रत्न पात्र देव गुठिको बरीब चार बिगाह जग्गा ३० बर्षकालागी लिजमालिई फन पार्क संचालनमा ल्याउन लागिएको बस्नेतले बताए ।

“बिदेशरुमा क्रिडा तथा मनोरञ्जनका लागि प्रसस्त स्थानहरुको व्यवस्था गरिएतापनि नेपालमा त्यस्तो संस्कृतिको बिकास नभएको भन्दै मानवीय जीवनमा मनोरञ्जन आवश्यकता परीपुर्ति गर्ने सोंच अनुरुप फनपार्क संचालनमा ल्याउन लागिएको सेयर सदस्य सुसील गीरीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्