बाढीले रेलेखोला आयोजना बाँधमा क्षति, विद्युत् उत्पादन बन्द

काठमाडौं, १६ असोज । ‘इन्टेक’ (बाँध)मा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत आयोजना बन्द भएको छ ।

ह्युम कन्सल्ट प्रालि प्रर्वद्धक रहेको ६ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फेदी स्थित बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको हो । आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार यही असोज ८ देखि ११ गतेको झरि र बाढी पहिरोका कारण विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको हो ।

रेलेखर्क क्षेत्रमा पहिरो गई रेलेखोलामा बाढीको सतह बढेर आउँदा बाँधमा थुप्रिएको छ । भौगोलिक रूपमा दुर्गम र विकट क्षेत्रमा रहेको बाँध स्थलसम्म पुग्ने पहुँचमार्ग पनि पहिरोका कारण अवरुद्ध भएकाले बाढी पन्छाएर आयोजना सुचारु गराउन समस्या भएको छ ।

बाँधका भौतिक संरचना क्षति भएको छ । आयोजनाले बिद्युत बिक्री गर्न नपाउँदा नोक्सानी भएको छ ।

गत वर्ष निर्माण सम्पन्न भएको आयोजनाको विद्युत २२० केभी क्षमताको दाना सवस्टेशन मार्फत केन्द्रीय प्रणालीमा आवद्ध भएको छ । कालीगण्डकीको बाढी पहिरोले प्रशारण लाइनको टावर बगाउने र तार चुढाएर क्षति पुर्‍याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्