२५ सहकारी सञ्चालन गरेका सवारीसाधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन

काठमाडौं, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका सवारीसाधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन दिएको छ ।

समितिले सहकारी ऐन, २०७४ को दफा १०६ अनुसार गठित समितिको अधिकार प्रयोग गर्दै यस्तो सूचना जारी गरेको हो ।

समितिले समस्याग्रस्त घोषणा भएका सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाको नाममा दर्ता भएका सबै प्रकारका सवारीसाधन ९ढुवानी प्रयोजनमा रहेका सवारीसाधनसमेत० जुन अवस्थामा छन्, त्यही अवस्थामा तत्काल समितिको कार्यालयमा ल्याई बुझाउन भनेको छ ।

सूचनामा तोकिएको समयमा सवारीसाधन नबुझाए सहकारी ऐन, २०७४ को दफा १०६ बमोजिम अधिकार प्रयोग गरी सवारीसाधन प्रयोगकर्ता वा सम्बन्धित व्यक्ति तथा संस्थाको नाममा रहेको घरजग्गा, बैंक खाता तथा लकर, राहदानीलगायतका सम्पत्ति रोक्का राखी प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनी दिइएको छ ।

समितिको सूचनाअनुसार सवारीसाधन बुझाउनुपर्ने सूचीमा निम्न समस्याग्रस्त सहकारी तथा सम्बन्धित संस्था रहेका छन् स्

प्रतिक्रिया दिनुहोस्