कानुन र न्यायसम्बन्धी तीन महत्त्वपूर्ण विधेयक सर्वसम्मतिले समितिमा पठाइयो
काठमाडौं । प्रतिनिधिसभाले कानुन र न्याय क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
बुधबार बसेको संसद् बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पेस गरेका प्रस्तावहरूलाई सर्वसम्मतिले स्वीकृत गरेको हो।
बैठकमा मन्त्री गौतमले मेलमिलापसम्बन्धी ९दोस्रो संशोधन० विधेयक, २०८३, नेपाल कानुन आयोग ९पहिलो संशोधन० विधेयक, २०८३ र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउन प्रस्ताव पेस गरेकी थिइन्।
सभामुखले ती प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बैठकमा उपस्थित सांसदहरूले ‘हुन्छ’ भन्दै समर्थन जनाएका थिए। विपक्षमा कुनै पनि आवाज नआएपछि सभामुखले तीनवटै विधेयक सर्वसम्मतिले समितिमा पठाइएको घोषणा गरेका हुन्।
अब यी विधेयकहरूमाथि सम्बन्धित विषयगत समितिमा सरोकारवालासहित विस्तृत रूपमा दफावार छलफल हुनेछ। समितिले आवश्यक छलफल र परिमार्जनपछि तयार पारेको प्रतिवेदन पुनः प्रतिनिधिसभा बैठकमै पेस गर्नेछ, जसका आधारमा विधेयक पारित गर्ने थप प्रक्रिया अघि बढ्नेछ।
काठमाडौँ । प्रतिनिधिसभाले कानुन र न्याय क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
बुधबार बसेको संसद् बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पेस गरेका प्रस्तावहरूलाई सर्वसम्मतिले स्वीकृत गरेको हो।
बैठकमा मन्त्री गौतमले मेलमिलापसम्बन्धी ९दोस्रो संशोधन० विधेयक, २०८३, नेपाल कानुन आयोग ९पहिलो संशोधन० विधेयक, २०८३ र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउन प्रस्ताव पेस गरेकी थिइन्।
सभामुखले ती प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बैठकमा उपस्थित सांसदहरूले ‘हुन्छ’ भन्दै समर्थन जनाएका थिए। विपक्षमा कुनै पनि आवाज नआएपछि सभामुखले तीनवटै विधेयक सर्वसम्मतिले समितिमा पठाइएको घोषणा गरेका हुन्।
अब यी विधेयकहरूमाथि सम्बन्धित विषयगत समितिमा सरोकारवालासहित विस्तृत रूपमा दफावार छलफल हुनेछ। समितिले आवश्यक छलफल र परिमार्जनपछि तयार पारेको प्रतिवेदन पुनः प्रतिनिधिसभा बैठकमै पेस गर्नेछ, जसका आधारमा विधेयक पारित गर्ने थप प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्