प्रधानमन्त्री ओली स्वदेश फिर्ता, भ्रमण सोचेभन्दा बढी उपलब्धिमुलक भएको भनाई

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिमुलक भएको बताएका छन् । चीन भ्रमण पूरा गरेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘चीन भ्रमणमा जानुअघि मैले भ्रमणको उद्देश्यबारेमा अवगत गराएको थिएँ, त्योभन्दा बढी उपलब्धि भ्रमणबाट हासिल भएको मेरो विश्वास छ’ प्रधानमन्त्री ओलीले भन्ने ।

चीन भ्रमणका अवसरमा भएका उच्चस्तरीय भेटघाट र छलफलबाट दुई देशबीच मित्रता आपसी विश्वास एवं समझदारीमा अभिवृद्धि हुन गई राजनीतिक सम्वन्ध थप सुदृढ भएको उनको भनाई छ । रेलमार्ग, उर्जा, यातायात, भौतिक पूर्वाधार, लगानी, पर्यटन जस्ता विषयहरुमा भएका छलफल र सम्पन्न सम्झौता समझदारीबाट दीर्घकालीन आर्थिक सहयोगको खाका तयार भएको तथा सहयोगको दायरा फराकिलो भएको प्रधानमन्त्रीले बताए ।

दुवै देशबीच हस्ताक्षर सम्पन्न भएको रेल्वे कनेक्टिभिटिको लागि सहयोग सम्बन्धी समझदारीपत्र एक महत्वपूर्ण दस्तावेज रहेको प्रधानमन्त्रीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्